२८ असारदेखि अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव

Read Time:2 Minute, 27 Second

जनजाति युवाहरुमा समर्पित छैठौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव असार २८ देखि ३१ गतेसम्म राजधानीमा हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)को आयोजनामा हुने महोत्सवमा नेपालसहित २० मुलुकका ७९ एनिमेसन फिल्म, छोटो फिल्म, वृत्तचित्र, कथानक फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक साजोग लाफा मगरले जानकारी दिएका छन् । राष्ट्रियसभा गृह र भृकुटी मण्डमा हुने महोत्सवमा नेपालबाट मगरको ६.  थारुको एक. नेवारका सात, लिम्बूको एक, राई-वान्तबाका चार, हायुको एक तथा सुनुवार र चेपाङको एक/एक गरी २७ वटा चलचित्र देखाइदैछ ।

 

 

 
यसैगरी भारतका चार, अष्ट्रेलियाका पाँच, ब्राजिलका दुई, बोलिभियाका तीन, क्यानाडाका १३, फिलिपिन्सका दुई, ताइवानका आठ, अमेरिकाका पाँच, कम्बोडिया र स्वीट्जरल्यान्डको संयुक्तरुपमा एक तथा इक्वेडर तान्जानिया, कोलम्बिया, फिनल्यान्ड, न्यूजिल्यान्ड मेक्सको, नर्वे, दक्षिण अपि्रुका र सुरिनामका एक/एकवटा चलचित्र प्रदर्शन हुने लाफा मगरले  बताए  । अस्ट्रेलियाका निर्माता निर्देशक एन्ड्रोवे भायल, भारतकी रीता दत्त र नेपालका मानवशास्त्री डा। डम्बर चेम्जोङ सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन भएको छ ।

लाफा मगरका अनुसार महोत्सवमा आदिवासी जनजातिका खाना महोत्सवका स्टलहरु, गोष्ठी तथा कार्यशाला हस्तकला, पुस्तक प्रदर्शनी कलाप्रदर्शनीलगायतको आकर्षण रहने छ । महत्सवबाट जनजातिको कला संस्कृतिमा योगदान पुग्ने लाफा मगरको विश्वास छ ।

तिलिसरा राना गाहा, काठमाडौं

लाफा मगरसंगको अन्तरवार्ता

आदिवासी चलचित्र महोत्सव प्रदर्शनीमा सिमित छैन- सञ्जोग लाफा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %