स्वदेशको माया बिदेशको चेलि, हुदैन देशमा परिबर्तन ब्रहामणबादलाई नउखालि ।

Read Time:7 Minute, 48 Second

कमला थापा मगर, पल्मस्ट्रिट बेलायत, हामी नेपाली हौ, हाम्रो देश नेपाल हो , हामी गर्ब गर्छौ नेपाली हुनमा जहा बुद्ध जन्मेको देश , संसारको सबैभन्दा अग्लो चुचुरो हिमालले संसारलाई चिनाएको देश , जहा चार जात छत्तिस बर्णको फुल ढकमक्क फुलेको देश , हामी नेपालीको यसरी बनेको पहिचान कसैले नामेद गर्न सक्दैन् । चाहे हामी युरोप र अमेरीकामा होस् वा अरु कुनै सुख सम्पन्न देशमा होस् जहा रहे पनि हाम्रो चिनारी वा हाम्रो पहिचान चाहेर पनि कसैले मेटाउन सक्दैन् । रह्यो कुरा आदिबासी जनजाती, दलित,मधेशी, महिला, मुशलिम, आदि जाति र लिङ्ग नेपाली भएर पनि किन नेपालीबाटै ठगिएका छौ । किन नेपालीबाट नै शोषित पिडित भएका छौ सवाल यी कुराका हुन् ।
,हामीले चिन्तन मनन् गर्नु पर्ने कुरा किन निपालीबाट नै हाम्रा भाषा, धर्म सस्कृति, भेषभुषा,रितिरिवाज आदि हाम्रा पहिचानहरुलाई हामीबाट लोप बनाइयो , किन हामी हाम्रो देश भित्रै अधिकार बिहिन भएर सदियौ देखि बाच्नु परेको छ , हामी सबै नेपाल आमाको सन्तान भएर पनि यहा हामीलाई राज्यले किन सौताको सन्तानको ब्यबहार गर्दै आएको छ सवाल यी कुराका हुन् ।
हामी चाहान्छौ राज्यले हरेक जातजाति र लिङ्गलाई समान अधिकार प्रधान गरोस् वा दिलावोस । राज्यको हरेक क्षेत्रमा सबै जातजाति, क्षेत्र, लिङ्गलाई जातिय र लैङ्गिक जनसख्याको प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व गरावोस् साथै सबै जात जातिको धर्म, भाषा, सस्कृति, रितिरिवाज, भेषभुषा आदि पहिचानहरुलाई उतिकै समान रुपमा सम्मान गरोस् न कि एउटै जातिको धर्म, भाषा, सस्कृति, रितिरिवाज, भेषभुषालाई कानुनी मान्यता दिई सबै जातजातिमा नलादियोस्  । हामीले देखेका छौ भोगेका छौ यि कुराहरुबाट हामी धेरै नै पिडित छौ किन कि अरु कसैको भाषा सस्कृति रितिरिवाजलाई कानुनी रुपमा मान्नु पर्दा हामी पछाडी परेको मुख्य कारणहरु पनि यि नै हुन् , यसरी हामीलाई राज्यले पछाडी पारेको छ ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक देश भएर पनि धर्मको कुरा गर्नु पर्दा यहा एउटा उदाहरणको कुरा गरौ नेपाललाई हिन्दु राज्य घोषित गरिएको कारण हिन्दु धर्मले गाईलाई भगवान लक्ष्मी मानी पुजा गर्ने चलन भएकोले अरु धर्म मान्ने हरुको गाईको मासु खान पाउनु अधिकारबाट कानुनी रुपबाट बन्चित गराइको छ । अहिले पछिल्लो समयमा राज्यलाई धर्मनिरेपेक्ष राज्य घोषित गरे पनि यदाकदा मरेको गाईको मासु खादा पनि राज्यले कानुनी द्धण्ड सजाय दिएको सुन्न र देख्नमा पाईन्छ । यी बिबिध कारणहरुले गर्दा हामी बिभेदमा परेका छौ । यहि कारण हामी राज्य संग आफ्नो गुमेको अधिकार मागेका हौ न कि हामी नेपाली होइनौ भनेको कदापी होइन् । यहा त एउटा एक खालको जमातले हामीलाई नेपाली भनी चिनिनुको बिपरित आफ्नो जाती भएर चिनीन खोज्यो भनेर आरोप लगाउदै आएको छ । यो दुशीत र भार्मिक प्रचारको हामी धोर बिरोध र भर्तसना गर्दछौ । हामी त आदिबासी जनजाती भुमीपुत्र हौ त्यसैले पनि हामीलाई जति देशको माया र माटोको माया अरुलाई नहुन सक्छ यो दोस्रो कुरा हो, बरु हामीलाई देशको भुमीपुत्र भएर पनि राज्यले दोस्रो दर्जाको नागरिक सरह मान्दै आइरहेको तितो यथार्थ हामी माझ स्पष्ट छन् । यसै कारणले पनि हामी राज्य संग आफ्नो पहिचान र अधिकारको लागि लडिरहेको अबस्था हो ।
म बुझ्न सक्दिन यी हाम्रा आदिबासी जनजाती भित्र पनि नबुझेका भनौ वा बुझेर पनि आत्मासाथ गर्न नचाहानेहरु भनौ वा सत्ता र शक्तिमा रहेका पार्टीका नेताहरु संग लिप्त भई गला जोड्दा आफ्नो ब्यक्तिगत फाईदा र स्वार्थको लागि भनौ यिनीहरु आफ्नो खुट्टामा आफै बन्चरोले हान्ने गर्दछन् । सायद यिनीहरुमा अलिकति पनि दिघ्रकालिन सोच भैदिएको भए बिगतको संबिधानसभा चुनाबमा सबै एउटा झण्डा मुनी गोलबन्द हुन सक्थे होला किन कि सबैलाई थाहा थियो यी ब्रहामणबादी शोच भएका ब्रहामणहरुले नेतृत्व गरेको पार्टीले हाम्रो लागि केहि गर्न चाहादैनन् । त्यसैले उनीहरुले आफ्नो सन्ततीको लागि थोरै भए पनि दिघ्रकालिन शोच राखिदिएको भए आज संबिधानमा हाम्रा सन्ततीका थोरै भएपनि भाग्यका रेखाहरु कोरिन्थे होला संबिधान जारी हुन्थ्यो होला । दुर्भाग्य उत्पिदनमा परेका आदिबासी जनजाति, दलित,मधेशी,महिला, मुश्लिम,अल्पशख्यक, पिछिडीएको क्षेत्रलाई अधिकार दिन नचाहने यि ठुला दलका ब्राह्मणबादी शोच भएका नेता हरु साथै संघियता बिरोधीहरुले संबिधानसभा बिघट्न गराए । यसमा हाम्रा केहि आदिबासी जनजातीका नेताहरुको कमजोरी र ब्यक्तिगत स्वार्थपनले गर्दा पनि संबिधानसभा बिघट्न गराउनमा केहि मद्दत पुगेको थियो भन्दा फरक नपर्ला ।
अब आउने समयमा सबैमा चेतना जागोस् हामी आफ्नो अधिकार लिनु परजिबी वा कसैको झोला बोकेर होईन् हामी आफैमा आत्मानिरभर बनौ हाम्रो झोला हामी नहिच्किचाई, नलजाई बोकौ अरुको लत्ठीको साहारा लिन नखोजौ । हामी आफैमा स्वालम्बी छौ, हामी आफैमा स्वाभिमान छौ, हामी आफैमा सक्षम् छौ अब रह्यो बाकी हामी आफैमा एकताको प्रर्तिबद्दता गरौ ।।।
(लेखक राजमुपाका क्षेत्र नं ४ रुपन्देहीबाट प्रत्येक्ष उमेद्धवार भई संबिधान सभा निबार्चनमा चौथो स्थान हासिल गरेकी हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %