मगर चलचित्रकर्मी संघ तनहुँमा राना मगर

Read Time:2 Minute, 5 Second

मगर चलचित्रकर्मी संघ, तनहुँ जिल्ला समिति गठन भएको समाचार प्राप्त भएको छ । मगर चलचित्रकर्मी संघ, केन्द्रीय समितिका महासचिव मेजन पुन मगरको प्रमुख आतिथ्यमा मगर चलचित्रकर्मी संघ, जिल्ला समिति तनहुँ गठन भएको हो । जिल्ला समिति निर्माण गर्नको लागि लमजुङमा आयोजित मगर चलचित्र सम्भावना र अवसर विषयक गोष्ठीमा नरजंग राना मगरको संयोजकत्जमा ४ सदस्यीय जिल्ला कार्य समिति गठन गर्ने समिति निर्माण भएको थियो । जिल्लामा रहेर मगर चलचित्र निर्माण गरिरहेका कलाकार, निर्माता, निर्देशक र कलाकर्मीको एक भेलामा कानुङ रोशाङ, काट ल्हेस डकुमेन्ट्री निर्माण गरिसक्नु भएका निर्देशक दानबहादुर थापा मगरको अध्यक्षतामा दुई सदस्य भुगोलको आधारमा पछि थप्ने गरि ७ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ ।
नरजंग राना मगरको अध्यक्षतामा बसेको कार्यक्रमको भेलालाई कलाकार पूर्ण थापा मगरले संचालन गरेका थिए भने कार्यक्रममा मगर चलचित्रको अवस्था र सम्भावनामा बारे पनि छलफल गरिएको थियो । र, मग चलचित्र अझ सशक्त ढंगले अगाडि बढ्नको लागि सहकार्य, सहभागिता र समन्वय गर्नु पर्ने बारे आफ्नो धारण प्रमुख अतिथिको आसनबाट महासचिव मेजन पुन मगरले भनेका थिए भने भर्खर गठन भएको समितिले साउनको दोश्रो हप्ता स्क्रिप्ट लेखनबारे २ दिने छलफल गर्नको लागि उपाध्यक्ष नरजंग राना मगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ ।
— पूर्ण थापा मगर (सुगा)  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %