यस वर्षो कर्म-कर्ण आदिवासी जनजाति युवा पत्रकारिता पुरस्कार पोखराबाट प्रकाशित गोल्डेन न्युज राष्ट्रिय दैनिकका सम्पादक तथा सुनौलो एफएमका स्टेसन मेनेजर रीता गुरुङले पाउने भएकी छन् । आदिवासी जनजाति पत्रकार संघ कास्कीद्वारा गठित प्रतिभा छनौट समितिको बैठकले रीतालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले गतवर्ष स्थापना गरेको पुरस्कारको राशी रु ५१००/- रहेको छ । आदिवासी जनजातिलाई पत्रकारितामा प्रोत्साहित गर्न यस्ता धेरै पुरस्कार स्थापना गर्न अध्यक्ष कर्मले सल्लाह दिएका छन् ।
