नेपालका लागि पदक जित्ने लामा सम्मानित

Read Time:1 Minute, 7 Second

जेठ ८ देखि १२सम्म काजकिस्तान भएको एसियाली सिन क्योकुसिन कराँते च्याम्पियनसिपमा नेपालका लागि एकमात्र रजत पदक जित्न सफल खेलाडी अनिशा लामा स्याङ्तान नगद पुरस्कारसहित सम्मानित भएकी छिन् ।

लामालाई असार २५ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा सिन क्योकुसिनले रु १५५००, लुनिभा सहकारीले रु १० हजार र राष्ट्रिय फुलकन्ट्याक्ट र फुलकन्ट्याक्ट महासङ्घले समान रु ५\५ हजार सहित सम्मान गरेको हो । लामाले ६५ केजी तौल समूहमा नेपालका लागि रजत पदक भित्रुएकी थिइन् ।

उनले क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा रुसका खेलाडीलाई पराजित गर्दै पदक जितेकी हुन ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %