जनजाती चेली विगारेको बातमा प्रचण्ड पुत्रलाई कारवाही

Read Time:1 Minute, 16 Second

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई पार्टीले निलम्बन गरेको छ । एमाओवादी पोलिटब्यूरो बैठकले असार २५ गते प्रकाशलाई सांस्कृतिक विचलन भएको भन्दै कारवाही गरेको हो । उनी नेवा राज्य समिति सदस्य हुन् ।

माओवादीसम्बद्ध अखिल क्रान्तिकारका सरस्वती क्याम्पस सभापतिसँगको सम्बन्धलाई लिएर प्रकाश निलिम्बित भएका हुन् । मगर थरकी सभापति र प्रकाशबीच गत महिना सगरमाथा आरोहणको क्रममा साथीहरुले समेत थाहा पाउने गरी सम्बन्ध बढेको बताइन्छ ।

प्रकाश महिलाको मामिलामा निकै कमजोर मानिन्छन् । उनले पहिलो पत्नी एमाओवादी नेताकी छोरीसँग सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरिसकेका छन् । यसअघि नगरकोटमा मदिरा सेवन गरेर सार्वजनिकस्थानमा बेहोस भेटिएका प्रकाशले युद्धकालदेखि नै एमाओवादी अध्यक्षलाई नजिकबाट सघाईरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %