कर्म—कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार रीता गुरुङलाई

Read Time:1 Minute, 52 Second

पोखरा, २५ असार
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले आफ्नो विवाहको ३२ औं वर्षगाँठको अवसरमा गतवर्ष स्थापना गरेको कर्म—कर्ण आदिवासी जनजाति युवा पत्रकारिता पुरस्कार २०६९ बाट गोल्डेन न्युज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक, सुनौलो एफएमकी स्टेशन मेनेजर रीता गुरुङलाई पुरस्कृत गर्ने भएको छ ।

अनिज कास्कीद्धारा गठित प्रतिभा छनौट समितिले विगत दशवर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुरुङलाई सिफारीस गरे पछि  अनिज कास्कीको बैठकले कर्म तमु र कर्ण तमुको तेत्तिसौं वर्ष गाँठको अवसरमा एक कार्यक्रम आयोजना गरी असार २९ गते तमु धि नेपालको सभाकक्षमा पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।  
अनिज कास्कीले वितरण गर्ने उक्त पुरस्कार नगद ५ हजार एक सय रुपैया सहित सम्मानपत्र रहेको छ ।
प्रतिभा छनौट समितिमा संयोजक अनिज कास्कीका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापामगर,  अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु र सञ्चारकर्मी सरस्वती तमु थिए ।
यसैगरी बैठकले अनिजको १३ औं स्थापना दिवस र १८ औं विश्व आदिवासी दिवसको अवसरमा अनिज कास्कीलाइ सहयोग गर्नुभएका सहयोगीहरुलाई सम्मान, अनिज कास्कीका साधारण सदस्यहरुलाई सदस्यता वितरण सहित जलपान कार्यक्रम गर्ने भएको छ ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %