आदिवासी जनजातिको कास्की भेला साउन ४ गते

Read Time:1 Minute, 59 Second

 पोखरा, २४ असार
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीको आज वसेको बैठकले आदिवासी जनजातिको जिल्ला भेला गर्ने, आदिवासी जनजाति युवालाई प्रशिक्षित गर्न तालिम र विश्व आदिवासी जनजाति दिवस मनाउन सचिवालय गठन गरेको छ ।
बैठकले यही असार २० र २१ गते काठमाण्डौं भएको आदिवासी जनजाति राजनीतिक सम्मेलनका निर्णयका बारेमा जानकारी गराउन साउनको ४ गते तमु धिं नेपालको सभाकक्ष नयाँ बजारमा आदिवासी जनजातिको बृहत भेला गर्ने, साउन १३ गते आदिवासी जनजातिलाई प्रशिक्षीत गर्न तालिम गर्ने निर्णय गरेको छ । काठमाण्डौंमा सम्पन्न भेलाले आदिवासी जनजाति लगायत उत्पिडित जनसमुदायको अगुवाइ गर्ने गरी नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
यसैगरी साउन २५ गते विश्व आदिवासी जनजाति दिवस मनाउन तमु धिं नेपालका महासचि देविराज तमुको संयोजक, नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगर र नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दिपक तामाङ सहसंयोजक, महासंघका सचिव पुर्ण ह्योल्मो र अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु रहेको सचिवालय गठन गरेको छ । विश्व आदिवासी दिवस आयोजक समितिमा कास्कीका रहेका जातिय संघ संस्थाका अध्यक्षहरुलाई सदस्यमा मनोनयन गरिएको महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिए ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %