रियाद – साउदी अरेबिया । पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संबिधान, धार्मिक निरपक्षता, स्वायतता र समानुपातिक प्रतिनिधित्वको खातिर नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्र मै कृयाशिल नेपाली आदिवासी जनजातिहरू एकताबद्ध भैरहेको अबस्थामा बिगत दुई बर्ष अगाडि देखि सामाजिक कृयाकलावहरुमा पनि अती नै कृयाशिल रहेको नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाले ईस्लामिक पर्ब “रमादान ईद” को अबसर पारेर आगामी १९ अगस्त २०१२ मा “१८ औ विश्व आदिवासी दिवस” मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको अगस्त ९ मा मनाइने भएता पनि उक्त समयमा यहाँ ईस्लामहरूको पवित्र महिना अथवा पर्ब “रमादान” पर्ने भएको हुँदा समय अनुकुल मिलाइ १९ अगस्त २०१२ मा मनाउने तय भएको छ । नेपालबाट आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक समेत रहनु भएका तथा नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रिय समितिका सस्थापक सदस्य तथा दुई कार्यकाल महासचिव समेत भैसक्नु भएका प्राध्यापक श्री पर्शुराम तामाङ ज्यूलाई उक्त समारोहमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा पनि गरिएको छ । वहाँको प्रबेषाज्ञा (Visa) प्रक्रियाको लागि नेपाली दूताबास रियादमा दुई हप्ता अगाडि नै निबेदन पेश भैसकेको छ ।
“१८ औ विश्व आदिवासी दिवस” सम्पन्न पार्नको लागि नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका बरिष्ट उपाध्यक्ष, श्री किरण बिक्रम यावा लिम्बू ज्यूको संयोजकत्वमा १७-सदस्सिय एक मुल ब्यबस्थापन समिति पनि गठन गरिएको छ । साथै उक्त कार्यक्रमलाई अरु बढी रोचक तथा पारदर्शिपुर्ण बनाउनका लागि बिभिन्न चार वटा उपसमितीहरू पनि गठन गरिएको छ । जस्तै: श्री कुमार गुरुङ (महासचिव) ज्यूको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति, श्री नागेश तामाङ (सल्लाहकार) ज्यूको संयोजकत्वमा साँस्कृतिक समिति जस्ले उक्त कार्यक्रममा बिभिन्न जातिय भेषभुषा सहितको झाँकीहरूको ब्यबस्थापन गर्नेछ । साथै श्री सरोज आलेमगर (सल्लाहकार) ज्यूको संयोजकत्वमा स्वयमसेवक समिति र श्री कृष्ण थापा मगर (केन्द्रिय सदस्य) ज्यूको संयोजकत्वमा यातायात ब्यबस्थापन समिति गठन गरिएको छ ।
“१८ औ विश्व आदिवासी दिवस” सम्पन्न पार्न बिभिन्न चार ब्यापारिक संस्थाहरूले प्रायोजन (Sponsor) गर्ने भएको छ , जसमा हमदान इमप्लोइमेन्ट नेपाल, Etihad Airways, FRIENDI Mobile र स्काइ ओभर्सिज, नेपाल आदि रहेका छन् । कार्यक्रम भब्य रुपमा सफल पार्नका लागि साउदी अरेबियामा रहनु हुने सम्पुर्ण प्रवासी आदिवासी जनजाति दाजुभाई तथा दिदीबहिनिहरूलाई सहभागी भैदिनु हुन आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ ।
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबिया
