आदिवासी जनजातिहरुले नयाँ पार्टी गठनको तयारी गरिरहेकै बेला मधेशीवादी दलहरुलाई एकताबद्ध गर्दै मधेशमा एकमात्र दल निर्माणका लागि तराई मधेश लोकतान्त्रिक पार्टीले पहल थाल्ने भएको छ । राजधानीमा २२ असारमा बसेको तमलोपाको बैठकले मधेशमा एउटै पार्टी बनाउन पहल गर्ने निर्णय गरेको हो ।
तमलोपाले एउटै पार्टी निर्माणका लागि वार्ताको पहल थाल्न पार्टी उपाध्यक्ष ह्रदयश त्रिपाठीको संयोजकत्वमा वार्ताटोली गठन गरेको छ । टोलीमा जितेन्द्र सोनार र पुष्पा ठाकुर सदस्य रहेका छन् ।
एउटै सिद्धान्त र एउटै समुदायको अधिकारको वकालत गर्ने भएर पनि दिनहुँ जसो पार्टी विभाजनपछि एउटै पार्टी बनाउने पहल गर्न लागेको संयोजक त्रिपाठीले बताए ।
तिलिसरा राना गाहा, काठमाडौं
