तारा पुन उत्कृष्ट महिला खेलाडी

Read Time:1 Minute, 45 Second

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड अर्न्तगत यस वर्षो उत्कृष्ट  उत्कृष्ट महिला खेलाडीको उपाधि भारोत्तोलनकी तारा पुन मगरले जितेकी छन् । आठ वर्षघि भलिबल खेल त्यागी भारात्तोलनमा प्रवेश गरेकी मगरले २० असारमा पल्सर मोटरसाइकल प्राप्त गरेकी छन् ।  छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा क्लिन एन्ड जर्कतर्फ९१ केजी र समग्रमा १५७ केजी भार उचाल्दै आफ्नै तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन ।

यसैगरी यस वर्षो उत्कृष्ट पुरुष खेलाडीको उपाधि गल्फ खेलाडी शिवराम श्रेष्ठले हात पारेका छन् । उनले पनि मोटरबाइक जितेका छन् । युवा खेलाडीको उपाधि क्रिकेट खेलाडी पृथु बाँस्कोटा, उत्कृष्ट प्रशिक्षकको उपाधि क्रिकेटका प्रशिक्षक जगत टमाटा लोकप्रिय वर्षखेलाडीको उपाधि भलिबलकी खेलाडी रमिला तण्डुकार, उत्कृष्ट पाराएथ्लिट खेलाडीको उपाधि एथ्लेटिक्सकी खेलाडी शर्मिला लामिछाने, स्पेशल स्पोर्टस् अवार्डको उपाधि भारत्तोलन सङ्घका अध्यक्ष रतन टण्डन र लाइफटाइम एचिभमेन्टबाट ओलम्पियन खेलाडी भूपेन्द्र सिलवालले हात पारे ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %