काठमाडौंमा असार २० गते शुरु आदिवासी जनजातिको राजनीतिक सम्मेलनमा समाजशास्त्रीद्वय डा. चैतन्य सुब्बा र डा. कृष्णबहादुर भट्टचनले राजनीतिक अवधारणापत्र तयार प्रस्तुत गरे । २६ पेज लामो अवधारणापत्रमा प्रतिनिधिहरुले छलफल गरिरहेका छन् ।
जनजातिहरुलाई राजनीतिक पार्टी कन आवश्यक छ र विगतमा के कस्ता कमीकमजोरी रहे भन्ने विषय उठाइएको यो अवधारणापत्र ६ जनाले तयार पारेका हुन । अवधारणापत्र बनाउनेमा सुब्बा र भट्टचन तथा बमकुमारी बुढा मगर, नेपाल जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शेर्पा, महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम र ज्योति दनुवार रहेका छन् ।
तिलिसरा राना गाहा, काठमाडौं
