शेर्पालाई नेपाली नै होइन भनेर घुस माग्ने गौतम र बस्नेतलाई कारवाही

Read Time:1 Minute, 34 Second

अमेरिका जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिचेन डोल्मा शेर्पासँग घुस लिएका कम्प्युटर अधिकृत माधव गौतम र पूर्णबहादुर बस्नेतलाई विशेष अदालतले ६ महिना कैद र रु १ लाख जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीशद्वय गौरीबहादुर कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उनीहरुलाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना गर्ने फैसला सुनाएको हो ।

गतवर्ष अमेरिका जाने क्रममा नागरिकता र पासपोर्ट देखाउँदा देखाउँदै पनि उनीहरुले ‘शेर्पा नेपाली होइन’ भनेर सिधै घुस मागेका थिए । शेर्पा नेपालकै आदिवासी जनजाति हो भनेर पटक पटक परिचयपत्र सहित अनुरोध गर्दा पनि जान नपाएपछि डिचेनले घुस खाएको भिडियो र अडियो रेकर्ड गरेकी थिइन् । त्यो भिडियो उनी अमेरिका पुगेपछि सार्वजनिक गरिएको थियो ।

अदालतको फैसलाले दोषीलाई थोरै भएपनि सजाय हुने भएको छ । तर पियन र कम्प्युटर अधिकृतलाई घुस लिन निर्देशन दिने हाकिमलाई भने छुन सकेको छैन ।

तिलिसरा राना गाहा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %