संविधानसभा विघटन कस्ले र किन गरे ? देशको वर्तमान अवस्था र आदिवासी जनजातिको भावि रणनीतिहरुबारे छलफल गर्न आयोजित जानकारी सभामा हामीलाई सहभागी हुने मौका प्रदान गर्नु भएकोमा आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु, हङकङ जनजाति महासंघमा आवद्ध सबै जातिय संगठनका अध्याक्ष र पदाधिकारीहरु, आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समितिको अध्यक्ष लगायत सचिवालयका सम्पूर्ण पदाधिकारीहरु, हङकङका न्यायपे्रमी आदिवासी जनजाति दाजुभाई दिदिवहिनीहरुका साथै आदरणीय पत्रकार बन्धुहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
हाम्रो हङकङ बसाईमा धेरै भन्दा धेरै मित्रहरुसंग भेटघाट गर्न पाएकोमा हामी खुशी छौ र धेरै मित्रहरुसंग भेटने ईच्छा हुदा हुदै पनि भेट हुन नसकेकोमा दुख पनि लागेको छ । भेट हुन नसेको मित्रहरुसंग भविष्यमा भेटने अंकक्ष राखेका छौ । अन्तमा यहा“हरुबाट प्राप्त आत्मीयता, मित्रता, सत्कार, साथ सहयोग र वहुमुल्य सुझावहरुको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
आदिवासी जनजातिको जय होस!
१ पृथ्वी सुब्बा गुरुङ, निर्वतमान सभासद र अध्यक्ष आदिवासी जनजाति सभासद सभा ककस
२ आङ काजी शेर्पा किसान, महासचिव नेपाल आदिवासी जनजाति महासंघ
