पहिचानको लागि छुट्टै शक्ति बनाउनु पर्छ : लेखी

Read Time:7 Minute, 2 Second

आदिवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखी थारुले पहिचानको लागि अब एउटा छुट्टै शक्ति बनाउनु पर्छ वा कुनै विचार र सिद्धान्त मिल्ने जनमुक्ति पार्टी जस्ता नेताहरुसंग एक्यौवद्धता गरेर आफ्नो सत्ता लिनु बाहेक अरु कुनै विकल्प नरहेको जिकिर गरे । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् शंकरनगरले बुधवार ड्राइभरटोलमा गरेको एक कार्यक्रममा वोल्दै  साथीहरु आजभन्दा एक वर्ष पहिले एमाले पार्टी त्यागेर किन म बस्नु परेको छ ? त्यसको मेरो कुनै व्यक्तिगत स्वार्थ छैन म यदि स्वार्थमा पर्ने हो भने यस्ता अवसरहरु थुप्रै छन् । जब आदिवासी जनजाति महासंघले बेला बेलामा थुप्रै सडक संघर्षका कार्यक्रमहरु आयोजना गर्यो, जति पनि कार्यक्रमहरुलाई यहाँका यथास्थितीवादी शक्तिहरुले भ्रम जाल र दमन गरी हाम्रो मुद्दाहरुलाई पटकपटक ओझेलमा पार्ने काम गरियो ।

‘हामीहरु धेरै पटक असफल भयौ एक्लै जातीय राजनीति गर्दा तर जब हामी ककस मार्फत संयुक्त आन्दोलनको रुपमा गत जेठ ७,८ र ९ गते गयौ त्यो सायद नेपालको इतिहासमा नमुना बन्न गएको छ । नेपालको सन्दर्भमा रुपन्देहीका आदिवासी जनजातिहरुको सहभागीता र संघर्षलाई मुल्याङ्कन गर्दा तपाईहरु अग्रपंक्तिमा हुनुहुन्छ । हामीलाई पूर्ण विश्वास छ अब हाम्रो संघर्ष जारी नै रहने छ’– लेखीले भने । उनले बेल्ने क्रममा अर्का दुःख लाग्दो र लाजमर्दा कुरा हाल नेपालमा आदिवासी जनजातिको विकासको लागि अन्तर्राष्ट्रिय देशहरुबाट वर्षमा जम्मा १२ करोड रुपियाँ आउने त्यो वास्तवमा सबै जनजातिहरुलाई बाड्यो भने सायद स्थानीयस्तरमा आइपुग्न पनि नसक्ला तर यो देशको सरकारले जावो १२ करोड रुपियामा आदिवासी जनजातिहरुलाई धाक लगाउँछ कि आन्दोलन बन्द गर हैन भने बजेट नै रोकिदिन्छु वा यिनीहरु विदेशी डलरको भरमा आन्दोलन गर्न सफल छन् जस्ता विभिन्न किसिमको आरोपहरु आयो उनले भने । ‘तपाईहरुलाई थाहा छैन सबै भन्दा सरकारी र गैरसरकारी संस्था गरी हजारौं संस्थाहरुबाट कराडौं भ्रष्टाचार गरी विदेशी र ने पाली गरिव निमुखा जनताहरुको आँखामा छारो हाल्ने काम एमालेले गरिरहेको छ यदी हैन भने इन्सेक जस्तो संस्थालाई हेर्नुहोस सीमित व्यक्ति र जातिको नाम र स्वार्थको लागि डलरको खेती गरेर नेपालको रुपियालाई मास्ने काम भैरहेको छ । यहाँका युवा शक्तिहरु विदेशको भरमा बाच्न बाध्य भएका छन् । साथीहरु विदेशको अनुदान र भिखको भरमा हैन आफ्नै देश जल, जमिन र जंगललाई सही ढंगले सदुपयोग र संरक्षण गरौं हामी आफ्नै मातृभूमि र हावा पानी मात्र खाएर स्वतन्त्र भै बाच्नु नै हाम्रो बुद्धिमानी र बहादुरी भएको लेखीले भने ।

जिल्ला विकास समितिका दुर्गाप्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ हङकङका संस्थापक अध्यक्ष  हुम बहादुर थापा, अन्तर्राष्ट्रिय बौद्ध परियक्ति उदय विहार शंकरनगर केन्द्रिय सदस्य झमबहादुर गुरुङ्ग, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी इन्चार्ज विष्णुकुमार थापा, नेपाल मगर महिला संघका अध्यक्ष टिका आले मगर त्यस्तैगरी आनन्दवन आदिवासी जनजाति समन्वय गाउँ परिषद्का अध्यक्ष माथवसिंह सलामी मगर र नेपाल मगर संघ रुपन्देही जिल्ला कोषाध्यक्ष अनबहादुर सोती मगरलगायतले वोलेका थिए वक्ताहरुले  मन्तव्य व्यक्त दिने क्रममा आदिवासी जनजातिहरुको मुख्य माग पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नेपालमा लागु गर्नु पर्दछ । आफ्नो हक अधिकार र पहिचानको लागि सम्पूर्ण देश र विदेशमा रहेका आदिवासी जनजातिहरु एक भै सडक, सदन र सांसदमा निरन्तर लागीरहने प्रतिबद्धता व्यक्त गरे । संविधान बनाएर देश र जनतालाई सम्वृद्ध बनाउनु तर्फ भन्दा पार्टीको शक्ति प्रदर्शन गरेर सत्ताको भागबन्डामा लागेर संविधानसभाको घाटी रेटेर हत्या गर्ने काम एमाले, कांग्रेस, फोरम र एकीकृत माओवादी पार्टी बढी दोषी रहेको लेखीले भने । अझै पनि यी नेताहरु देशलाई अरवौं ऋणमा डुबाएर अनिर्णयको घेरा बन्दिमा पारी संविधान बिहीन देश बनाई भोकाएका बोसाहरु झै जनताहरुको पछि पछि हिडीरहेका छन् ।

हामीहरु आदिवासी जनजातिहरु अब सचेत हुनु पर्दछ यस्ता ब्वासाहरुलाई यहि बेला ठेगान लगाउनु पर्दछ । हामी प्रति कुदृष्टिले हेर्छ भने आँखा समेत निकाल्न सक्नु पर्दछ भने ।

उक्त कार्यक्रममा उद्घोषण तालिममा सहभागी ८० जना युवा र युवतीहरुलाई प्रमाणपत्र र विभिन्न संघ संस्थाहरुलाई प्रशंसा पत्र समेत लेखीले वितरण गरेका थिए  । कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् शंकरनगरका अध्यक्ष राजु रानाले गरेका थिए l आदिवासी जनजाति समन्वय समितिका सचिव तेज मान थापाले स्वागत र कार्यक्रमको सञ्चालक सह सचिब गिता सारुले गरिकी थिइन् ।

यम बहादुर थापा

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %