मगर प्राज्ञिक समूह र विश्व मगर संघ बेल्जियमको आयोजनामा मगरको पहिचानको विषयमा राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन असार ३० र ३१ गते काठमाडौं नगरकोटमा आयोजना गरिएको सम्मेलनका संयोजक झकेन्द्र र्घर्ति मगर जानकारी दिएका छन् । दुइ दिने सम्मेलनमा १५ वटा कार्यपत्र प्रस्तुत हुने पनि र्घर्ति मगरले बताए ।
सम्मेलनमा फटीक थापा, छविलाल चिडी, टुकबहादुर थापा, दिल मगर, मीन श्रीस, भोज बुढा, श्याम र्घर्ति, बमकुमारी बुढा, लोकबहादुर थापा, एकु पुन, मनु ठाडा, झकेन्द्र र्घर्ति, श्यामु थापा, श्री बुढाथोकी, विष्णु सिंजाली, कमलबहादुर थापा लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छुट्टाछुट्टै सेसनमा गरिने कार्यक्रममा डा केशरजंग बराल, डा गोविन्दप्रसाद थापा, सुरेश आले, हङकङ राना आदिले सेसनको अध्यक्षता गर्ने भएका छन् ।
तिलिसरा राना गाहा, काठमाडौं
