गुरुङ्ग महिला गृहणीमा सीमित हुन नहुनेमा जोड

Read Time:1 Minute, 52 Second

गुरुङ्ग महिलाहरु अवका दिनमा गृहणीको रुपमा मात्र रहन नहुने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । खेमा माङ्गी आमा समुह देवदहको आयोजनामा महिला नेतृत्व विकास तालिमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा चुलो चौकाबाट माथी उठेर समाज परिवर्तनको वाहकको रुपमा महिलाहरु प्रस्तुत हुनु पर्नेमा जोड दिईएको थियो ।

माङ्गी आमा समुह देवदहका अध्यक्ष ज्ञानसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, ख्मा तमु छोंज धी देवदहका अध्यक्ष थमन तमु, तमु ह्युल छोंज धीका उपाध्यक्ष पान बहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ देवदहका कोषाध्यक्ष टौ बहादुर तमु, तमु युवा छों धी देवदहका संयोजक रामकृष्ण तमु, हिमा तमु, खिम कुमारी तमु नानी तमु लगायतले बोल्दै समाजा रहेको विकृति विसंगतिका विरुद्ध महिलाहरु अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

समुहका उपाध्यक्ष कमला तमुको स्वागत र सचिव रीता तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । समुहका ४० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्गले गरेका थिए ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %