बाहुनले जातीय राजनीति गरेकोले हामीले पनि शुरु गरयौं – पृथ्विसुब्बा गुरुङ

Read Time:6 Minute, 49 Second

 

२४ जुन हंगकंग, आदिवासी जनजाति महासंघ हंगकंग र आदिवासी जनजाति संघर्ष समिति हंगकंगले आदिवासी जनजाति आन्दोलन र संबिधान सभा विघटनको बारेमा आयोजना गरेको जानकारी सभा याउ मा तेइ स्थित हेनरी जी लियङ कम्यूनिटि हलमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै बिघटित संविधान सभासद सभाका संयोजक पृथ्वी सुब्बा गुरुङले सभालाई सम्बोधन गर्दै संविधान सभा विघटन हुनुमा माओबादी भन्दा मै आफू पोलिब्यरो सदस्य रहेको पार्टी एमाले र काग्रेस बढि जिम्मेवार भएको बताए । आदिवासी जनजातिहरुले पहिचानको आधारमा जातिय राज्य नभइ जातिय सम्मान र नाम मात्र खोजेका थिए । तर  एमाले र काग्रेसले जातिय राज्यको उल्टो अपब्याख्या गरेर आदिवासी जनजातिलाई सबिधानत अधिकार दिन चाहेन र संविधान सभा विघटन भयो । तर संविधान सभा विघटन हुनुमा आदिवासी जनजातिलाई दोष देखाउदै आरोप लगाउनु यो बाहुवादीहरुले आदिवासी जनजाति प्रति हेर्ने दृष्टिकोण र कुटिल चाल भएको अहिले प्रष्ट भएको बताए । माक्सले सवै किसिमको उत्पिडन मध्ये जातिय उत्पिडन पनि एक हो त्यसैले यसलाई पनि सम्बोधन गर्नु पर्छ भनेका थिए । यो कुरा पार्टीमा उठाउदा पृथ्वी सुब्बा गुरुङ जातिबादी भयो भने,  के अहिलेसम्म नेपालमा जातिवाद छैन र ? नेपालको हरेक निकायमा हेर्नस सवै ठाउमा एकल जातिको मात्रै बार्चश्व भएको पाउनु हुन्छ । के यो जातिबाद होइन र ? मैले देशमा भएको सवै जातिले समान अधिकार पाउनु पर्छ भन्दैमा म कसरी जातिबादी भए ? भनी आफ्नै बाहुनबादी नेतृत्वलाई प्रतिप्रश्न गरेका थिए । एमाले, माओबादी र काग्रेसमा लाग्नु भएका आदिवासी जनजाति साथीहरु मेरो नेता ठिक छ भनेर अब चुप लागेर नबस्नुस त्यहा पनि बाजेहरु नै छन ति पनि बाहुनबादी नै हुन भनी सबैलाई सचेत गराएका थिए । कम्नियूष्ट सिद्धान्तमा सवै समान हुन्छ भन्ने छ । के माधब नेपाल र पृथ्वी सुब्बा गुरु त्यसमा पनि अझ दलितलाई लिएर हेर्नुस । माधब नेपाल कुनै कुराबाट पनि उत्पिडित छैन तर म भाषिक, सास्कृतिक र जातिय रुपले पनि उत्पिडित छु । अब एमालेकै दलित नेतलाई हेर्नुस उ, उच निच जात, आर्थिक रुपमा अझ बढि उत्पिडित भएको छ खै त कम्नियूष्टमा समानाता ? कहा छ समानता ? के हो समानाता ? त्यसैले आहिले आदिवासी जनजातिहरुले पहिचान कुरा उठाउदा बाहुनबादीहरुले संबिधानत अधिकार दिन चाहेनन र संविधान सभा विघटन होइन मारीयो भनेका थिए । अहिले एमालेमा हामीले आदिवासी जनजातिको माग दह्रो रुपमा राखेर अन्र्तर सघर्ष गरीरहेकोले माग सम्बोधन नभए अर्को विकल्प आदिवासी जनजातिको नया पार्टी पनि हुन सक्ने बताए ।
विशेष अतिथिको आतिथ्य ग्रहण गर्दै आदिवासी जनजाति महासंघ नेपालका महासचिब आङ काजी शेर्पाले पनि सम्बोधन गर्ने क्रममा आदिवासी जनजातिको ब्याख्या गर्दै आज सुन्नु भएको कुरा अरु आदिवासी जनजातिलाई पनि र परीवारलाई पनि जानकारी गराउन अनुरोध गरेका थिए । किनकि धेरै जसो आदिवासी जनजातिहरु आपनै बारेमा अनभिज्ञ भएकोले उनीहरुलाई यस बारेमा बुझाउनु हाम्रो दायित्व भएको बताएका थिए । नेपालमा मलाई सवैले बाहुनहरुको खरो विरोध गर्छ भन्छन भन्दै बाहुनहरुले नै त्यस्तै परिस्थिथि सृजना गरेको हुनाले यसरी बोल्न परेको उनले बताए । जब आदिवासी जनजातिहरु आन्दोलनमा उत्रेर चक्रपथ घेरे त्यसपछि बाहुनबादीहरु काम्न थाले । त्यसमा पनि आदिवासी जनजाति सभासद ककस र मधिशे सभासदहरुले जुन किसिमको हस्ताक्षर संकलन गरेर पहिचान सहितको संघियतामा अडिक रहे त्यस पछि बाहुनादीहरुले कसरी संबिधान सभा मार्ने भन्ने मात्रै योजना गरे र मारे पनि । यो हुनुमा एमाले र काग्रेसमा रहेका बाहुनहरु जिम्मेबार भएको पनि आरोप लगाए । त्यसैले हामीले एमाले र काग्रेसको भण्डाफोर गर्ने अभियान चलाएका छौ भन्दै यसै अन्र्तगत आज म यस मञ्चबाट बोलिरहेको बताए । यो सवै आदिवासी जनजातिहरुले बुझ्न जरुरी छ भनेको थिए ।
आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आदिवासी जनजाति संघर्ष समितिका संयोजक भक्त दुराले स्वागत गर्दै जानकारी सभाको उदेश्यको बारेमा बोलेका थिए । तमु ट्यो ह्योलका अध्यक्ष अर्जुन गुरुङले सवै जातिय संस्थाको तर्फबाट स्वागत मन्तब्य राखेको थिए । सघर्ष समितिका सचिवालय सचिब किसन राईको सञ्चालन रहेको थियो । अन्य अतिथिहरुमा आदिवासी जनजाति महासंका पूर्व अध्यक्ष भूपेन्द्र चेम्जोङ, नरहाङ राई र सदस्य रहेको सवै जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %