१८जुन,हङकङ
ब्रिटिश सरकारले ब्रिटिश गार्खाली सेनामा फेरि कटौटि गरेको छ । सेनामा पुनर्संरचना गर्ने भन्दै यस पल्टको कटौटिमा परेका करीब २९०० सेना मध्ये ३२० जना गोर्खाली जवानहरु परेका छन् ।
करीब एक लाख संख्याको ब्रिटिश सेनामा करीब ३००० मात्र रहेका गोर्खालीहरुको सन् २००७ देखि ब्रिटिश सरकारले संख्या बढी भएको बताउंदै कटौती गर्दे आइरहेकोछ । सन् २०१५ सम्ममा करीब ७००० सैन्य जवानहरु कटौति गर्ने योजना अनुरुप यसो गरिएको जनाइएकोछ । यस अघि भएको कटौतिमा पनि करीब १४६ जना गोर्खालीहरु परेका थिए ।
पेन्सन प्राप्त गर्नको लागि प्रयाप्त सेवा अवधि नपुगेका सैनिकहरुलाई विगतमा जस्तो यस पल्टको कटौतिमा परे पनि पेन्सन सुविधा दिइने छैन । ब्रिटिश सरकारका अनुसार उनीहरुलाई विगतमा नेपालतर्फ कटौति गर्नुपरेकोले पेन्सन सुविधा दिइएपनि यसपल्टको कटौति पछि उनीहरुले यू.के. मै बसोबासको लागि आवेदन गर्न सक्ने भएकाले पेन्सन सुविधा नदिइएको हो ।
एथ्निक भ्वाईस साप्ताहिकबाट
