किरात राई पत्रकार संघमा नयाँ नेतृत्व

Read Time:3 Minute, 37 Second

निष्पक्ष र समावेशी पत्रकारिता हाम्रो अभियान, किरात प्रदेश स्थापनार्थ दोस्रो राष्ट्रिय सम्मेलन’ भन्ने नाराका सुरु भएको किरात राई पत्रकार संघको दोस्रो राष्ट्रिय सम्मेलनले राजेश चाम्लिङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । किरात र्राई यायोक्खा कोटेश्वरको सभाहलमा सम्पन्न सम्मेलनले निम्न सात बुँदे घोषणापत्र समेत पारित गरेको छ ।

नयाँ कार्यसमिति  
अध्यक्ष  राजेश चाम्लीङ र्राई
उपाध्यक्षः  श्रीशीशा र्राई,
महासचिवः  राजेश कुलुङ र्राई,
सचिवमाः  मेनुकला खालिङ र्राई
सचिवः कुम्भराज वाम्बुल र्राई
कोषाध्यक्षः  खुशी बान्तावा र्राई

सदस्यहरु

दिपेन्द्र बान्तावा,
गणेश साम्पाङ,
नगेन्द्र र्राई,
प्रकाश र्राई,
गजेन्द्र र्राई,
टकलाल र्राई
प्रकाश खालिङ
रीता राराहाङ
अवतार र्राई
सुपराज र्राई
 
घोषणापत्र
 
१) र्सबदलीय र र्सबपक्षीय सहमतीबाट संविधानसभाको पुनः स्थापना गरी एकल जातीय पहिचानका आधारमा राज्यको पुनर्संरचना गर्न सम्बन्धीत सबै समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
 
२) सबै सञ्चार गृहका समाचार कक्षहरु समावेशी र सबै समाचारहरु निष्पक्ष बनाउन सम्बन्धीत सबैमा जोडदार माग गर्दछ ।
 
३) मातृभाषामा प्रकाशन भइरहेका पत्रपत्रिकाहरुलाई विशेष व्यवस्था सहितको लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारसँग यो सम्मेलन जोेडदार माग गर्दछ ।
 
४) आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विशेष ठोस कार्यक्रम ल्याउन यो सम्मेलन सरकार समक्ष माग गर्दछ ।
 
५) सबै सरकारी सञ्चार संस्थाहरु गोरखापत्र दैनिक, द राइजिङ नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिमा प्रचलित समावेशिताको सिद्धान्तअनुसार आदिवासी जनजाति पत्रकारहरुको प्रतिनिधित्वको ग्यारेन्टी गर्न यो सम्मलेन सरकारसँग जोडदार माग गर्दछ ।
 
६) विभिन्न सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरे अनुसारको पारिश्रमिक उपलब्ध नगराउदा श्रमजीवि पत्रकारहरुको अवस्था नाजुक बन्दै गएको छ । यो राष्ट्रिय सम्मेलन श्रमजीवि पत्रकार ऐन तुरुन्त लागु गर्न/गराउन सम्बन्धीत सबै पक्षसँग जोडदार माग गर्दछ ।
 
७) किरात र्राई पत्रकार संघको दोस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सबैप्रति यो सम्मेलन हार्दिक आभार प्रकट गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %