जनजाति महासंघका महासचिव एमालेबाट निश्काशित

Read Time:1 Minute, 18 Second

नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजीले आदिवासी जनजाति समुदायको विषयमा आवाज उठाएपछि एमाले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । १ असारमा बसेको एमाले स्थायी समितिको बैठकले उनलाई कारवाही गरेको हो ।

वाहुन, क्षेत्री र दशनामीको अधिकारको विषयमा मात्रै बोल्नुपर्ने एमाले नीति विपरीत जनजाति, मधेशी दलित र महिलाको अधिकारको विषयमा आवाज उठाएपछि कारवाही गर्नु परेको एक स्थायी समितिले जानकारी दिए । वाहुन र क्षेत्री वाहेकको हितमा बोल्ने जोकोहीलाई एमालेले यसरी नै कारवाही गर्ने नीति अख्तियार भएको पनि ती नेताले बताए ।

३८ प्रतिशत आदिवासी जनजातिहरुको संस्थाको महासचिव रहेका शेर्पालाई एमालेले भने सोलुखुम्बु जिल्लाको उपसचिवको जिम्मेवारी दिएर राखेको थियो । उनीहरुले त्यहि जिम्मेवारी पनि खोसेका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %