हङकङका आदिवासी जनजातिहरुद्धारा दलका आदिवासी नेताहरुलाई पार्टीमा विद्रोह गर्न दवाव

Read Time:4 Minute, 38 Second

आदिवासी जनजाति महासंघ हंगकंगको विशेष छलफल कार्यक्रममा सहभागी हुने हंगकंगका अधिकांश आदिवासी जनजाति नेताहरुले नेपालका आदिवासी जनजाति नेताहरुलाई अविलम्व नयाँ पार्टी गठ्न गरी आदिवासी जनजातिलाई मुक्ति दिनको लागि आह्वान गरेको छ । एमाले हंगकंग इकाई कमिटीका अध्यक्ष ओम राज सम्वाहाम्फेले पार्टी नेतृत्वले आदिवासी जनजातिलाई अन्तिम समयमा आएर धोका दिएर संविधान सभा विघटन गरेको आरोप लगाए ।

आदिवासी जनजातिको मुक्तिको लागि बाहुनबादी पार्टी एमालेमा बसेर केही नहुने भएकोले आदीबासी जनजाति नेतृत्वले यथाशिध्र नयाँ पार्टी खोली आदिवासी जनजातिको मुक्तिको लागि लड्नु पर्ने बताए ।  त्यस्तै नेपाली काग्रेस समर्थक नेपाली जनसम्र्पक समितिका महामन्त्री बसन्त श्रीनेट मगरले पनि नेपाली काग्रेस नेतृत्वले आदिवासी जनजातिलाई घात गरेकै हो र यसको लागि पार्टी भित्रै बसेर संर्घष गर्नु पर्ने बताए । माओबादीका जे वि ओख्रावोले पनि अन्तिम समयमा आएर पार्टीले धोका दिएकोले भित्र बसेर नै सर्घष गर्नु पर्ने बताए ।

तमुवान मक्ति मोर्चाका अध्यक्ष विष्णु गुरुङले बाहुनबादी नेताहरुले पुस्तौदेखि हामीलाई छल्दै आएकोले हामीहरु सचेत हुनुपर्ने बताए । त्यस्तै राजमुपा समर्थक नेपाली समाज हंगकंगका महासचिब भीम थापा मगरले आहिले सवै पार्टी २१ बर्ष पहिले राजमुपाले लिएको नितिमा आई पुगेकोले अब तिन ठूला दलका आदिवासी जनजाति नेताहरुले पार्टी त्याग गरी एक भएर अगाडि बढनु पर्ने बताए । आदिवासी जनजाति पत्राकार महासंघका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष भूपेन्द्र चेम्जोङले पनि बाहुनबादी नेताहरुले धोका दिएको हुनाले एमाले, काग्रेस र माओबादीमा बस्नुको अर्थ नरहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले पनि एमाले परित्याग गरेको र अब एमाले लगायत तिन ठूला दलबाट आदिवासी जनजातिको मुक्ति नहने बताए । नरेश सुनुवार, अधिराज राई, हेम तामांग, चन्द्र मादेन, मोति चामलिंग लगायतले बोलेका थिए ।


आदिवासी जनजाति महासंघ हंगकंगका सल्लाहकार भक्त दुराले छलफलको निष्कर्ष निम्न भएको जानकारी गराउदै भने,
१. नेपालमा क्रियाशिल भएको नेपाल आदिवासी जनजाति महासंघ संघर्ष समितिलाई सहयोग गर्नको लागि ४१ सदस्यीय आदिवासी जनजाति संघर्ष सहयोग समिति हंगकंग पनि गठन गरेको छ ।
२. नेपालका आदिवासी जनजाति नेताहरुलाई बाहुनवादी नेतृत्वको पार्टी छोडेर नयाँ पार्टी खोल्न सुझाव दिइनेछ ।
आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव निमा शेर्पाले सञ्चालन गरेको थिए । हंगकंग तमाङ धेदुङका अध्यक्ष दुर्गा तमाङले स्वागत मन्तब्य दिएका थिए । धन बहादुर थनेट थारु आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका थिए र केहि दिनपछि उपचारको क्रममा शाहदात प्राप्त गरेको हुनाले मृत आत्माको चिर शान्तिको कामना गर्दै आदिवासी जनजातिको महान योद्धाको रुपमा सम्झदै एक मिनट मौन धारण गरी कार्यक्रम शुरु गरीएको थियो । 
  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %