राष्ट्रिय जनमुक्ति पार्टीको विस्तारित भेला नारायणघाटमा

Read Time:57 Second


राष्ट्रिय जनमु’क्ति पार्टी संघीय परिषदको विस्तारित बैठक नारायणघाटमा जेठ २९ देखि शुरु भएको छ । पार्टीका अध्यक्ष एम एस थापाको उद्घाटन मन्तव्यबाट शुरु भएको प्रथम सत्रमा उपाध्यक्ष शिवलाल थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैठकको दोस्रो सत्रमा पार्टीको संघीय परिषदले सम्पादन गरेको कार्यक्रमहरु तथा पार्टीको कमीकमजोरीहरुको बारेमा बृहत छलफल भएको छ । उक्त बैठकमा पार्टीका युरोप प्रतिनिधि थर्क रानाले पनि युरोपमा राष्ट्रिय जनमुक्ति पार्टीको गतिविधि बारेमा जानकारी गराएका थिए । बैठक ३१ ग्ते जेठ सम्म चल्ने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %