तमु ( गुरुङ्ग ) संचारकर्मी संघको नयाँ कार्यसमिती चयन

Read Time:1 Minute, 30 Second

पोखरा, जेठ २७
तमु ( गुरुङ्ग ) संचारकर्मी संघ नेपालको दोश्रो महाधिवेशनले डण्ड गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
२०६५ सालमा स्थापित संघको उपाध्यक्षमा मिना गुरुङ्ग कास्की, महासचिवमा रतन गुरुङ्ग कास्की, सचिवमा गंगा गुरुङ्ग काठमाडौँ र कोषाध्यक्षमा अनिता गुरुङ्ग काठमाडौँलाई सर्वसम्मतले चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा जुली गुरुङ्ग सोलुखुम्वु, मन माया गुरुङ्ग लमजुङ्ग, सरल गुरुङ्ग काठमाडौँ, शान्ति गुरुङ्ग कास्की, सपना गुरुङ्ग बुटवल र राजवहादुर गुरुङ्ग कास्की छन् । निर्वाचित कार्यसमितीको कार्यकाल तीन वर्षको हुनेछ ।
संघका निवर्तमान अध्यक्ष गणेशमान गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एकीकृत नेकपा माओवादीका नेता देवप्रसाद गुरुङ्ग, नेपाली काँग्रेसका नेता इन्द« वहादुर गुरुङ्ग, संघका निवर्तमान उपाध्यक्ष डण्ड गुरुङ्ग, निवर्तमान सविच राजवहादुर गुरुङ्ग लगायतले वोलेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %