जनजाति आन्दोलनप्रति राष्ट्रसंघीय चासो

Read Time:2 Minute, 22 Second

संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनको विशेष दूत ताम्रट समूयल र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु, महासचिव आङ काजी शेर्पा र कोषाध्यक्ष डण्डु ढोक्प्यसंग करिव एक घण्टा कुराकानी भएको छ । महासंघको कार्यालय कुसुन्तीमा जेठ २७ गते भएको भेटमा ताम्रट समूयलले नेपालको अस्थिर राजनीतिक अवस्थालाई धेरै लामो जान दिनु नहुने र संघीयता सम्बन्धि साझा अवधारण निर्माण गरेर यस विषयलाई छिट्टै टुङ्गो लगाउनु पर्ने बताएका छन् ।

उनले आदिवासी जनजातिका सवालहरुलाई राष्ट्रिय स्तरमा छलफलको विषय बनाउन महासंघले खेलेको भुमिकाको प्रशंस गरेको महासचिव आङ काजी शेर्पाले जानकारी दिएका छन् । उनले संघीयता र जातीय पहिचानको नेपालको लागी नौलो र जटिल विषय भएकोले यसलाई सन्तुलित तरिकाले छलफल गरिनु पर्ने सुझाव दिए ।

महासंघका अध्यक्ष राजकुमार लेखीले ४ दलको शिषर्थ नेताहरु लगायत प्रधानमन्त्री र सभामुखको असफलताको कारण संविधानसभा विघटन भएको र अव असफल दलको नेता बीचको सहमति भन्दा सर्व पक्षीय गोलमेच सम्मेलन गरेर राष्ट्रिय सहमतिको लागि निकास खोज्नु पर्ने बताए । संविधान निर्माणको संवैधानिका प्रक्रियालाई अवलम्वन नगरेर गैर संवैधानिक प्रक्रियाबाट संविधान निर्माण गर्दा संभासदहरु मौन बस्नु भुल भएको र आदिवासी जनजाति मधेशी र मुस्लीम निर्वाचन र संविधानसभा पुर्नस्थापनाको पक्षमा छ तर जनमात संग्रह र आयोग गठन गरेर संविधान निर्माण गर्ने सोचको विरोध गर्ने बताए ।

तिलिसरा राना गाहा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %