शहिद थनेतको परिवारलाई स्थायी नोकरी दिन माग

Read Time:3 Minute, 6 Second

पोखरा, जेठ २५

उपचारको क्रममा मृत्यु भएका धनबहादुर थनेतलाई सरकारले सहिद घोषणा गर्न माग गर्दै आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समिती र थारु संयुक्त संघर्ष समितीको आन्दोलनप्रति आदिवासी जनजाति महासंघ कास्कीले पनि ऐक्यवद्धता जनाएको छ ।

महासंघ कास्कीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी गत वैशाख २७ गते नवलपरासीमा प्रहरीको गोली लागी घाइते हुनुभएका थनेतको उपचारको क्रममा काठमाडौँको शिक्षण अस्पतालमा बुधबार मृत्यु भएपछि मृतक थनेतलाई सहिद घोषणा गर्नुपर्ने लगायतका मागहरु राखी गरेको आन्दोलनप्रति महासंघ कास्कीले ऐक्यवद्धता जनाइएको हो ।  

मृतक थनेतलाई सरकारले सहिद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनरत आदिवासी जनजाति महासंघको आन्दोलनलाई परिणाममुखी बनाउन महासंघ कास्की जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मोले वताए ।

विज्ञप्तीमा “आदीवासी जनजाती आन्दोलमा थनेतले पु¥याउनु भएको अमूल्य योगदानको कदर गर्दै  आदीवासी जनजातीहरुलाई थप शसक्त रुपमा आन्दोलनको आधीबेहरी सिर्जना गर्न र थनेतको सपना साकार गर्न एक जुट बन्न अपील गर्दछौ” भनी उल्लेख गरीएको छ ।

यसैगरि  अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले पनि एक विज्ञप्ति प्रकाशित गरि उनीमाथि गोली चलाउनेलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेको छ ।संयोजक हुम सुनारी मगरद्धारा वितरित प्रेस विज्ञप्तिमा भनिएकोछ,  थारुलाई गोली ठोक्ने ब्यक्तिलाई सरकारले अबिलम्ब बर्खास्त गरिनुपर्ने, स्व धनबहादुर थनेत थारुलाई सहिद घोषणा गरिनु पर्ने, वहाँको दुई बाल बच्चाहरूलाई कम्तीमा स्नातक तह सम्म निशुल्क अध्ययन अध्यापन गराउनु पर्ने र वहाँको परिवारलाई क्षति पुर्ती बापत राहत रकम उपलब्ध गरिनु पर्ने हामी विश्वको १५ राष्ट्रहरुमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघको संयुक्त रुपमा गठित अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जोडदारका साथ यी मागहरू राखेका छौ ।

 
हुम तमु पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %