९ असारमा मगर लेखकको भेला

Read Time:1 Minute, 7 Second

नेपाल मगर लेखक संघ लुम्बिनी कार्य समितिको बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले असार ९ गते अञ्चलस्तरीय मगर लेखकहरुको भेला गर्ने निर्णय गरेको छ । नेपाल मगर लेखक संघका कार्यवाहक अध्यक्ष लोकनेश ढेगाको अध्यक्षता र नेपाल मगर लेखक संघ केन्द्रिय समितिका सदस्य हरिता देवि थापामगरको आतिथ्यामा बैठक सम्पन्न भएको थियो  ।

 बैठकले अञ्चल भित्र रहेका मगर लेखकहरुलाई एकजुट गराएर मगर भाषाको विकास गर्ने उद्देश्यले मगर समाजको क्षेत्रमा कलम चलाउने लेखकहरुलाई सम्मान गर्ने निर्णय गरेको  संघका सचिव आशिष सूर्यवंशीले बताए। बैठकमा कपिलबस्तु, पाल्पा, नवलपरासी र रुपन्देहीका मगर लेखकहरुको सहभागिता रहेको थियो ।

 

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %