रुपन्देहीमा जनमुक्तिको भण्डारफोर अभियान

Read Time:2 Minute, 20 Second

राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति सदस्य टोप अस्लामीले एकाधिकारवादी पार्टीका नेताहरुले संविधान सभा विघटन गरेर नेपाली जनताको अधिकार माथी कुठराघात गरेको बताएका छन् । संविधानसभा विघटनपछि रुपन्देहीको बुटवलमा २४ जेठमा भएको भण्डाफोर कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन ।

पार्टी प्रचार प्रसार विभाग प्रमुख समेत रहेका नेता अस्लामीले यथास्थितीवादी पार्टीका नेताहरुले संघीयतालाई स्वीकार गर्न नसकेका कारण संविधान सभा विघटन गरेको आरोप लगाए । एमाले, कांग्रेस र सत्ताधारी माओवादी र मधेशवादी दलका कारण नेपाली जनता अधिकारबाट विमुख भएको उनको भनाई थियो । राजनैतिक दलका नेता र नेपाली मिडियाले संघीयताका विषयमा गलत व्याख्या गरेका कारण संघीयताका मुद्दामा सहमति हुन नसकेको नेता अलामीले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको भण्डाफोर कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्यद्धय लेखप्रसाद गुरुङ्ग, होममाया गुरुङ्ग, राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र रौतार थारु, राष्ट्रिय भूपु सैनिक संगठन रुपन्देहीका अध्यक्ष भीमबहादुर राना लगायतले बोल्दै संघीयता विरोधीहरुका कारण संविधान सभा विघटन भएको बताए  । पार्टी जिल्ला सचिव भैरव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %