राजमुपा नवलपरासीद्वारा थनेतलाई सहिद घोषणा गर्न माग

Read Time:1 Minute, 30 Second

आदिवासी जनजातिको अधिकारका लागि महान सहादत प्राप्त गरेका नवलपरासी कुमारवर्ती ७ का धनबहादुर थनेत थारुलाई तत्काल सहिद घोषणा गर्न राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासी जिल्ला समितिले जोडदार माग गरेको छ ।  सो पार्टीका नवलपरासी सचिव तिलबहादुर झेंडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थनेतको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दोषीमाथि कडा कारवाहीको माग समेत गरिएको छ ।

२४ जेठमा जारी विज्ञप्तिमा पीडित परिवारलाई शिक्षा र रोगजारीको व्यवस्था तथा राहतको माग समेत गरिएको छ । न्यायायिक आयोग गठन गरेर यसप्रकार घट्ना दोहोरिन नदिन समेत जनमुक्तिको माग रहेको छ ।

शान्तिपूर्ण जुलुस इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेन्द्र मरासिनीले २७ वैशाखमा लाडी चार्ज समेत नगरी सिधै गोली प्रहार गर्दा थनेत लगायत ५० जनजाति गोली लागेर घाइते भएका थिए । थनेतले २२ जेठ राति काठमाडौं शिक्षण अस्पतालमा सहादत प्राप्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %