जनजाति सहिदका लागि तर्राईका २२ जिल्ला बन्द

Read Time:1 Minute, 38 Second

शान्तिपूर्ण जुलुस गरिरहेका बेला डिएसपी राजेन्द्र मरानिसीले गोली हानेका धनबहादुर थनेतलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग गर्दै थारू सङ्र्घर्ष समितिले चितवनसहित तर्राईका २२ जिल्ला बन्द आहृवान गरेको छ । आदिवासी जनजाति महासङ्घ र थारू संयुक्त सङ्र्घष्ा समितिले आहृवान गरेको आन्दोलनका क्रममा गत वैशाख २७ गते नवलपरासीमा घाइते भएका थनेतको  उपचारका क्रममा काठमाडौँको शिक्षण अस्पतालमा २३ जेठमा उच्च सहादत प्राप्त गरेका थिए । उनलाई  सहिद घोषणा गर्नुपर्ने माग गर्दै  समितिले  बन्द आहृवान गरेको हो ।

मृतक थनेतलाई सरकारले सहिद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई सरकारी रोगजारीको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै बन्दको आहृवान गरिएको थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्वराम महतोले जानकारी दिए । सरकारले आफ्नो माग पुरा नगरेसम्म थनेतको शव नउठाइने महतोले बताए । बन्दकर्ता अहिले नारायणगढको पुल्चोक र पूर्वी चितवनमा जम्मा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तर्राईका २२ वटै जिल्लामा जनताले स्वस्फूर्त रुपमा बन्दको समर्थन गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %