महान योद्धाको सहादत

Read Time:2 Minute, 33 Second


आफ्नो समुदायको अधिकारका लागि एक आदिवासी जनजाति समुदायका योद्धाले सहादत प्राप्त गरेका छन् । वाहुनवादी सत्ताको खिलाफमा संर्घषरत नवलपरासी कुमारवर्ती-७ का धनबहादुर थनेत थारुले जेठ २३ गते सहादत प्राप्त गरेका हुन ।

वैशाख २७ गते नवलपरासीको डन्डामा डिएसपी राजेन्द्र शर्मा मरासिनीले गोली ताकेर गोली प्रहार गरेका थारुले काठमाडौं टिचिङ अस्पतालमा उपचारको क्रममा  सहादत प्राप्त गरेका हुन । शर्माले थारुलाई दुइ गाली हानेका थिए । २६ गते वाहुन क्षेत्रीले नियोजित रुपमा सम्पूर्ण थारु लगायतका आदिवासी जनजातिको  साझा आस्थाको केन्द्र थारु संग्राहलय ध्वस्त पारेपछि न्यायिक छानविनको माग गर्दै शान्तिपूर्ण जुलुसमाथि शर्माले  गोली हानेका थिए ।

४५ वर्षीय धनबहादुर एक इमान्दार र जुझारु आदिवासी योद्धा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । डिएसपी शर्माले हानेको गोलीले धनबहादुरको मेरुदण्ड र प्यांत्रिmयाज छियाछिया बनाई दिएको थियो ।

प्रहरीको गोली लागेका ५० घाइते मध्ये १९ वर्षीय महेन्द्र आले मगर, २१ वर्षीय ताराबहादुर थनेत र २० वर्षीय विशाल महतो अस्पतालबाट डिस्चार्ज तीन हप्तापछि मात्रै डिस्चार्ज भएका छन् । फोक्सोका गोली लागेका विशाल पनि खतरा मुक्त भईनसकेको चिकित्सकले बताएका छन् ।

थारु संग्राहलय ध्वस्त बनाउन पुगेका क्षेत्री वाहुनहरुले त्यहाँ कार्यरत कर्मचारी मर्ने गरी कुट्दा समेत मौन र्समर्थन जनाएका डिएसपी टोलीले थारुहरुलाई भने शान्तिपूर्ण जुलुसमा लाठी चार्ज समेत नगरी सिधै गोली प्रहार गरेको घाइते व्यवस्थापनि समितिका अध्यक्ष मीनराज थारुले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %