मगरलाई अगाडि बढ भन्यो भने पछाडि हट्छ तर बाहुनलाई पछाडि हट भन्यो भने पनि अगाडि बढ्छ : खपांगी मगर

Read Time:1 Minute, 52 Second

 जुन ३ यू के, बुद्ध पूर्णिमा कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधनको क्रममा मगरहरुलाई अगाडि बढ भन्यो भने पछाडि हट्छ । तर बाहुनलाई पछाडि हट भन्यो भने पनि अगाडि बढ्छ भन्दै अब मगरहरु पछाडि होइन अगाडि बढेर आÏनो अधिकारको लागि लडनु पर्ने, मगर संघ यू के को निमन्त्रणामा आउनु भएका नेपाल मगर संघका पर्व केन्द्रिय अध्यक्ष गोरे बहादुर खपांगीले बताए ।
फानब्रोरो स्थित अक्सफाम कम्यूनिटी हलमा भएको उक्त कार्यक्रम अध्यक्ष कुल बहादुर थापा मगरको अध्यक्षता सम्पन्न भएको थियो । अतिथिहरुमा नेपाल मगर संघका पूर्व केद्रिय अध्यक्ष यम बहादुर बुढाथोकी मगर, कविता आले मगर, दुर्गा गुरुङ, रीता थापा मगर र अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यू के मगर संघको ११ वटा शाखा समिति लगायत भेष भुषामा सजिएका मगरहरुको भब्य उपस्थिति रहेको थियो । बम सुर्यबंशी लगायत अन्य मगर कर्मकाण्डका वाप्पाहरुलाई पनि सम्मान गरीएको थियो । सांस्कृतिक सचिब विशान थापा मगरले सांस्कृतिक कार्यक्रम विशेष तरीकाले सञ्चालन गरेको हुनाले एकदमै रोचक र मनोरञ्जनपूर्ण भएको थियो । कार्यक्रममा घाँटु, कौरा, Σयाउरे लगायत रीता थापा मगरको दोहोरी प्रस्तुत गरीएको थियो । 

अनिता राना मगर, यू के

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %