मगरसंघको अधिवेशन : हार्ने अध्यक्षको २ मत

Read Time:3 Minute, 27 Second

 नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको १९ औं जिल्ला अधिवेशन  दल बहादुर विरकट्टा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अध्यक्ष  विरकट्टाले ११२ मत ल्याएर निर्वाचित भएकाहुन् । उनका प्रतिद्धन्द्धी नेपाल मगर संघ रुपन्देहीका संस्थापक अध्यक्ष अमर बहादुर थापामगरले २ मत प्राप्त गरेकाथिए ।
 अधिवेशनले उपाध्यक्षमा गिता सारु, सचिवमा कमला पुन, सहसचिवमा नरेन्द्र पुन र कोषाध्यक्षमा आन बहादुर सोती मगर निर्वाचित भए । त्यसै गरी सदस्यहरुमा कमला थापा, मेधराज पुन, मनोज कुमार श्रीस, तिल बहादुर राना, लाल बहादुर पुन, हुम बहादुर डिसुवा, पूर्ण बहादुर राना, पूर्ण बहादुर पुन, दुर्गा बहादुर थापा, विष्णु कुमार थापा, जनक थापा, टेक बहादुर थापा छन् । अन्य सदस्यहरुमा रिता थापा, चेलिका भूजेल, उमा राना, धनी आले, मधु राना, मनु थापा, ममता बुढाथोकी र ममता राना निर्वाचित भए ।
 उपाध्यक्ष गिता सारु र महिला कोटाका ८ जना निर्विरोध निर्वाचित भएकाहुन् भने अन्य पदहरुमा निर्वाचन भएको थियो । सचिवमा लक्ष्मी थापा र कमला पुन, सहसचिवमा कुमारी थापा र नरेन्द्र पुन, कोषाध्यक्षमा विभा सिंजाली र आनबहादुर सोती वीच निर्वाचन भएको थियो । त्यसै गरी १२ जना जिल्ला सदस्यको लागि १९ जना वीच निर्वाचन भएको थियो । निर्वाचनमा गुटउपगुट बनाएको भन्दै केहिले निर्वाचन वहिष्कार गरेका थिए । प्रजातान्त्रिक पद्धति भनको निर्वाचन नै हो निर्वाचनमा गएपछि हारजित हुन्छ त्यसलाई स्वीकार गर्न नसक्नेहरु अप्रजातान्त्रिक परिपाटी भएको एक प्रतिनिधिले बताए।
नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी अञ्चल ईन्चार्ज मिना थापाले एक कार्यक्रमका वीच अधिवेशन उद्घाटन गरेकाथिए । १९ औ जिल्ला अधिवेशन मुल तयारी समितिका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य पिताम्वर राना, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष होम बहादुर गलामी, नेपाल मगर विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रकाश राना, मगर महिला संघ रुपन्देहीकी अध्यक्ष सकुन्तला पुन  लगायतले बोलेकाथिए । अधिवेशनमा ३१ गाउ समितिका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
गोविन्द घर्ति रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %