संविधानसभाको हत्यारा नश्लवादीहरु-राजमुपा

Read Time:1 Minute, 47 Second

राष्ट्रिय जनमुक्ति पार्टी नश्लवादी एकाधिकारवादका पृष्ठपोषक, संघीयता विरोधी र यथास्थितिवादीहरुको षडयन्त्रका कारण संविधानसभा भंग भएको ठहर गरेको छ । संविधानसभा भंग भएलगत्तै भएको बसेको सो पार्टी स्थायी समितिको  दुइ दिने बैठकले यस्तो ठहर गरेको हो ।

राजमुपा महासचिव केशव र्सूयवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा र्सार्वभौम संविधानसभाले एकल पहिचान सहितको राज्य पुर्नसंरचनामार्फ बहुसंख्यक उत्पीडित जातीय समुदायहरुको हक अधिकार सुनश्चित गर्ने निश्चित प्राय भईसकेको अवस्थामा सहमति वा मतदानको प्रक्रियामा समेत जान नदिई सभासदहरुलाई बन्धक बनाएर संविधानसभालाई जातिवादीहरुले विघटन गरेको  उल्लेख छ ।  संविधानसभा विघटनलाई नेपाली जनताको चाहनामाथिको कुठाराघाट भएको समेत सो पार्टीको ठहर छ ।  

संविधानसभा विघटनको विरुद्धमा २८ जेठसम्म भण्डाफोर अभियान सन्चालन गर्ने र २९ गतेदेखि तीन दिनसम्म चितवनमा सन्चालन हुने राष्ट्रिय विस्तारित बैठकले भावी कार्यदिशातय गर्ने विज्ञप्तिमा उल्लेख छ । जनमुक्तिले विश्वसनीय निर्वाचनका लागि राष्ट्रिय सहमतिको र्सवदलीय सरकार गठनको माग समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %