प्रेणाकी आमा सुकु राई

Read Time:7 Minute, 5 Second

 

“नानी आफूले जन्माएको मात्र छोरा छोरी मात्र नभएर अरुले जन्माएका नेपालका सबै छोरा छोरी हाम्रो छोरा छोरी हुन नी उनीहरुको शिक्षामा सहयोग गर्नको लागी हरेक शनिबार र आइतबार विदाको दिन गारबेजमा फालिएका पानीको बोटल, बेयरको बोटल संकलन गर्छु र आएको पैसा आमा, बाबु गुमाएका छोरा छोरीहरुको स्कूलको शिक्षाको लागी नेपालमा पैसा पठाउछु ।”

शोलुखुम्बुमा जन्मियकी ५९ वर्षिय सुकु रार्इ, नेपालको छोराछोरीको आमा मात्र नभएर देश बाहिर पनि प्रेणाकी आमा बनेकी छन् । ३ छोरीहरुको आमा सुकु राई कक्षा १० पास गरे पछि ब्रिटिश आर्मी स्वर्गिय बसन्त कुमार राई संग विवाह भएको थियो । विवाह पछि हङकङ, ब्रुनाई र नेपाल बस्दै आउदा २०४५ सालमा श्रीमानको निधान भएको थियो । सन् २००३ मा छोरीहरु संग अमेरिका आएका सुकु राई आज सबैको प्रेणाको स्रोत भएकी छिन् ।

नेपालको विभिन्न छापाहरुले देशमा डोनोरको सहयोगले चलेका संघ संस्थाका हिरो, हिरोनीहरुको प्रचार प्रशार गरेका धेरै पढन पाईन्छ । तर विदेशमा रहेर ५ दिन काम गरेर पनि विदाको दिन, शनिबार र आईबारको दिन नेपालका छोरा-छोरी सबै आफ्नो छोरा-छोरी ठानेर सहयोग गर्ने नेपाली आमा कमै मात्र भेटिन्छन् । यी आमाहरु प्रायजसो पर्दा पछाडी रहेका हुन्छन् । नेपालमा हुदाँ नेपाल बहिर रहेका नेपालका दाजु, भाई दिदी बहिनीहरु शिक्षित र बुद्धिजिवी पनि हुन्छन भन्ने सबैले ठानेका हुन्छन् र म पनि त्यही ठान्ने गर्थे तर व्याथा अर्कै रहेछ । मलाई पनि यही व्याथाले रात दिन निदाउन सक्दिन थिए । पाईला पाईलामा पिरोली रहेको हुन्थ्यो । जहाँ टेक्छु त्यही समस्या देखि रहन्छु । यही पिडाले छट्पटिएको अवस्थामा मैले ज्याकसन हाईटमा धेरै चोटि देख भेट भई रहन्थ्यो । म भित्रबाट नियालेर हेर्ने गर्दर्थे अरु नेपाली महिला दिदी बहिनीहरु भन्दा फरक किसिमको पाउँथ्ये उहाँलाई तर किन हो मलाई थाहा थिएन ।

एक दिन एकजना भाई र म बाटो बोल्दै जादै थियौ अचानक भेटियो उहाँलाई दिदी नमस्ते भन्यौ यतिकैमा मैले परिचय गरे, उहाँले भन्नु भयो अ नानीको त पत्र पत्रीकामा लेख पढी रहन्छु कस्तो चित्त बुझ्दो लेख्नु हुन्छ नानी । यस पछि म फेरी झस्कीए पत्रपत्रिकाहरु पनि पढ्नु हुन्छ दिदीले । किन भने नेपालमा पैसा तिरेर पनि पत्रपत्रिका पढ्ने गरेका दिदी बहिनीहरु त धेरै छन तर अमेरिकामा सितैमा पाइने पत्रपत्रिका पनि समय हुदैन भनेर पढेको पाईदैन । त्यसैले अब म पनि लेखन छाडे, मैले आफ्नो दिदी बहिनीहरु सचेत गर्न भनेर लेख्ने लेख रचनाहरु नै दिदी बहिनीहरुले नपढिदिए पछि कस्कालागी लेख्ने भनेर मन्तव्य दिएको थिए एउटा कार्यक्रममा, एकजना दिदी अगाडी आएर हात जोर्नु भो – बैनी त्यसो नभन्नु म सधै पढ्छु नी । त्यसपछि फेरी आत्मबल पलाएर आयो मलाई । यही कुरा सोच्दै थिए मैले ।

भाईले दिदीले गरेको काम र उहाँकोबारेमा बताउनु भयो अनी अब दिदीलाई भेट्ने कोशिस गरे । समय लिएर भेटे साँचिकै मलाई यति खुशी लाग्यो कि मलाई आज जुन पिडाले जलाई रहेकोछ त्यो पिडाले दिदीलाई पनि जलाई रहेको रहेछ । यही समयमा सुकु राई दिदी भन्नु हुन्छ “नानी आफूले जन्माएको मात्र छोरा छोरी मात्र नभएर अरुले जन्माएका नेपालका सबै छोरा छोरी हाम्रो छोरा छोरी हुन नी उनीहरुको शिक्षामा सहयोग गर्नको लागी हरेक शनिबार र आइतबार विदाको दिन गारबेजमा फालिएका पानीको बोटल, बेयरको बोटल संकलन गर्छु र आएको पैसा आमा, बाबु गुमाएका छोरा छोरीहरुको स्कूलको शिक्षाको लागी नेपालमा पैसा पठाउछु ।”

मेरो टाउको फुलेर आयो, मुख सुकेर आयो म धेरै प्रश्न गर्न सकिन दिदी संग किन कि अमेरिका दिनको सय डलर नकमाउने नेपाली कमै हुन्छन तर एक दिन पनि सोचेनन् कि दिनको एक डलर मात्र हामीले आमा बाबु गुमाएका नानीहरुको शिक्षामा सहयोग गर्यो भने हाम्रो नानीहरुको भविश्य बन्छ, भावी सन्ततिको भविश्य बन्नु भनेको देश बन्नु हो । कार्यक्रममा मन्च पाए मिठो भाषण गर्ने, देशको लागी भाषणमा भरखरै जीउ ज्यान दिन तयार हुने नेताहरु भाषण पछि कहाँ भाग्छन् थाहा हुदैन । तर भाषण नगरेर काम गर्ने ५९ वर्षिय सुकु राई दिदीको जस्तो सबैको मन भए आज न्युयोर्कमा मात्र रहेका चालिस हजार नेपालीहरुले दिनको चालिस हजार डलर जम्मा गर्न सकिने रहेछ । 

र देशमा रहेका राजनैतिक नेताहरु स्वार्थी राजनीति खेल नखेलेको भए र देशलाई राजनैतिक निकाश दिन सकेर विकासको लागी राजनीति गरेको भए आज देश बाहिर रहेका नेपालीहरुले सहयोगले मात्र पनि देशलाई आर्थिक रुपमा माथि उकाश्न सकिदोरहेछ । कुनै पनि डोनोरको मुख ताक्नु पर्दो रहेन्छ । तर देशका कलिला बालबालिकाहरुको भविश्य माथि गरेरको राजनैतिक खेलवाडले आज कुन नेपालीको आत्मा जलेको छैन र ।

 

– संगिनी रानामगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %