‘हामीले परिवर्तन सहितको संविधान बनाउन सकेनौं । अन्य दलहरुले गर्न दिएनन् ।’ – प्रधानमन्त्री भट्टराई

Read Time:2 Minute, 5 Second

प्रधानमन्त्री बाबुराम भट्टराईले भर्खर राष्ट्रको नाममा दिएको  सन्देशमा आफुहरुले  अग्रगामी संविधान दिन चाहेपनि अग्रगमन मन नपराउने शक्तिले त्यस्तो संविधान बनाउन नदिएको आरोप लगाएकाछन् । अब त्यस्ता शक्ति र अग्रगामी शक्तिहरुले नयाँ चुनावमा लाग्न चुनौती दिएकाछन् । उनले ७ मंसीरमा गर्न प्रस्ताव गरिएको चुनावमा त्यस्तो प्रतिस्पर्धा गर्न आग्रह गरेकाहुन् ।
उनले मधेसी, जनजाति, दलित , उत्पिीडित क्षेत्रहरुका लागि गर्न चाहेको काम गर्न नसकेको भन्दै माफी मागेकाछन् । आफुहरुले अन्तिम समयसम्म प्रयास गर्दा पनि संविधानसभा बचाउन नसकेको भन्दै यसको दोष अन्य दलहरुमाथि दोष थोपरेकाछन् । उनले अग्रगमनका विरोधी भनेर अन्य दलहरुलाई बारम्बार आरोप लगाएकाछन् ।
सके संविधानसभाबाट संविधान दिने तर त्यसमा सफल नभएपछि सबै विकल्पहरुमा छलफल गर्दा दलका साथीहरुले धोका दिएकोले चुनावमा जानुको विकल्प नरहेको स्पष्टिकरण दिएकाछन् ।
सम्बोधनपछि गरिएको पत्रकार सम्मेलनमा संविधानसभा विघटन भएपनि मन्त्रीमण्डल विघटन नहुने उनको भनाई थियो । अन्तरिम संविधानले यस्तो ब्यवस्था गरेको भट्टराईको स्पष्टोक्ति थियो । दुई तिहाई बहुमतबाट संविधान जारी गर्न सक्ने अवस्था रहेपनि त्यसमा दलहरुले सहयोग नगरेकोले अब आउने चुनावबाट जनताले दुई तिहाई बहुमतले मन परेको दललाई जिताउन अनुरोध गरेकाछन् । उनको सम्बोधन लगत्तै ४ बर्षपछि जनताको भाग्य लेख्न बनाइएको संविधानसभा मृत भएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %