संविधानसभा नबन्ने निश्चित जस्तै, प्रदर्शनकारीहरुमाथि लाठी बर्सन शुरु भो ।

Read Time:1 Minute, 12 Second

दलहरुबीच सहमति जुट्न नसकेपछि आज १२ बजे अघि नै संविधानसभाबाट संविधान जारी गर्नुपर्नेमा त्यो लगभग नहुने जस्तै भएकोछ । संविधानसभा भवन अगाडि हजारौंको संख्यामा संविधान घोषणाको समाचार कुरेर बसेकाहरुले त्यस्तो संकेत पाएपछि प्रदर्शन शुरु गरेकाछन् । अहिले त्यहाँ झडप समेत भएकोछ । झडपमा केहि प्रदर्शनकारीहरु घाईते भएकाछन् ।
ति प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा समेत प्रवेश गरेकाथिए । प्रहरी संख्या झन बढाइएकोछ । कडा पारिएकोछ । प्रदर्शन शुरु भएपछि त्यो झन थपिएकोछ । आफ्नो अधिकार सुनिश्चित गराउन संविधानसभा अगाडि प्रदर्शन गरिरहेकाहरु माथि बल प्रयोग गर्न थालिएपनि त्यो क्रम अझै रोकिएकोछैन ।
दलहरु कोठा भित्र दिनभर ब्यस्त छन् भने सभासदहरु उनीहरुको निर्णय पर्खेर संविधानसभा परिसरमा रणभुल्लमा बसिरहेकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %