प्रमुख राजनीतिक दलहरु संविधानमा विवादित विषयमा सहमति कायम गरि संविधान जारी गर्ने प्रयास गरिरहदा संविधानसभा भवन बाहिरको बातावरण भने धर्ना, अनशन र विभिन्न राजनीतिक माहोलले तान्न पुग्यो ।
राजावादी होस् वा संघीयता विरोधी जनमोर्चा नेपाल र जातीय संघीयताको पक्षपाती जनजाति महासंघ र अन्य जनजाति संगठन सबैले आफ्ना सभा र धर्ना संविधानसभा भवन बाहिर केन्द्रित गरेका छन् । अरनिको राजमार्ग अन्तर्गत बानेश्वर क्षेत्रको सडकमा धर्ना र सभाले गर्दा गाडी समेत चल्न सकेन । सभा र धर्ना मार्फत् आफ्ना माग सम्वोधन हुने किसिमको संविधान ल्याउन विभिन्न संघ सस्थाहरुले दिउँसो भरि नै गतिविधि जारी राखे । जनजाति अन्तर्गत शेर्पा, मगर, तामाङ, लिम्वू किराँत भुजेल लगायतले सभा र रिले अनसन जारी राखेका छन् । जनजाति संगठनहरुले आफ्ना जातीय भेषभुषा लगाएर विभिन्न झाँकी समेत प्रर्दशन गरिरहेका छन् । यता जनमोर्चा नेपालले पनि संघीयता विनाको संविधान माग गदै संविधानसभा भवन बाहिर धर्ना र सभा गरिरहेको छ । राप्रपा नेपालले पनि अखण्ड राज्य र समयमै संविधानको माग गदै दवाव दिइरहेको छ । यता हिन्दु राष्ट्र नेपालले हिन्दु राष्ट्र र अखण्ड मुलुक नयाँ संविधानमा कायम गर्न माग गदै रिले अनशन गरेको छ । संविधान सभा बाहिरको माहोल हेर्दा लाग्छ धेरैको माग संविधानले समेट्न निकै गाह्रो छ । यता संविधान समयमै जारी गर्न दवाव दिनका लागि नेपाली कांग्रेसका पूर्व सांसद् शंकर पाण्डे आमरण अनशनमा बसेका छन् । प्रमुख राजनीतिक दलका भातृ संगठनले पनि पार्टीहरुले गल्ती गरेको र पटक पटक संविधान जारी गर्ने म्याद गुजारेको र अव त्यसो गर्न नदिने भन्दै दवाव दिएका थिए । प्रमुख राजनीतिक दलले देशलाई बन्दक बनाउन नपाउइने भन्दै धर्ना र विरोध सभा आयोजना गरेका थिए । थारु, मुश्लिम, तामाङ लगायत जातिहरुले पनि आफ्ना माग राख्दै अनशन र धर्ना दिइरहेका छन् । ब्राह्मण र क्षेत्री लगायतका जातिय संगठनले बहु पहिचान सहितको संघीयतालाई संविधानमा समेटी जारी गर्नु पर्ने माग गरेको छ ।
कडा सुरक्षा व्यवस्था
विभिन्न जाति र समुदायका संघसस्था र विभिन्न राजनीतिक समूहले संविधान सभा बाहिर विभिन्न खालका धर्ना जुलुस र सभा केन्द्रित गरे पछि संविधानसभा भवन वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संविधानसभा भवन बाहिर करीब ६ सय सुरक्षा कर्मी खटाइएको छ । काठमाडौं उत्पयका भित्र मात्र ६ हजार सुरक्षा कर्मी खटाइएको छ । संविधान सभाबाट संविधान जेठ १४ मै आउन सकेन भने त्यस पछिको स्थिति समेतलाई हेदै सुरक्षा सर्तकता एक्कासी बढाइएको छ । काठमाडौंमा कन्र्फूय लाग्ने हल्ला चले पनि त्यस्तो स्थिति देखिन । यदपि स्रोतका अनुसार राजनीतिक सहमति कायम हुने अवस्था देखिएन र संविधान जारी हुने नहुने अन्यौल कायम रहेकाले संविधान जारी नभएको अवस्थामा विभिन्न गतिविधि हुन सक्ने भन्दै उच्च सुरक्षा सर्तकता अपनाइएको बुझिएको छ ।
संविधानसभा घेर्नेमा राजावादी देखि गणतन्त्रवादी सम्म
Read Time:4 Minute, 28 Second
