प्रधानमन्त्रीको नयाँ चुनावमा जाने प्रस्ताव । तर सहयोगी दलहरु नै विरोधमा

Read Time:1 Minute, 40 Second

भर्खर बसेको मन्त्रीपरिषद बैठकले संविधानसभाको अर्काे चुनाव गराउने प्रस्ताव प्रधानमन्त्रीले ल्याएकाछन् । यो आकस्मिक रुपमा आएकोछ । प्रस्तावित प्रस्तावमा ७ मंसीरमा त्यस्तो चुनाव गराउने कुरा उल्लेख छ । रुपान्तरित संसदले त्यस्तो चुनाव गर्नेछ । तर यस्तो निर्णय एकतर्फी ल्याइएको भन्दै एमालेबाट बैठकमा सहभागी इश्वर पोख्रेल विरोध गर्दे बैठकबाट बाहिरिएकाछन् । राप्रपाका प्रतिनीधि परसुराम खापुङ पनि बाहिरिएकाछन् । उनी दोश्रो ब्यक्ति हुन् । सरकारको यो ताजा जनादेश लिने निर्णयमा अन्य दलले पनि विरोध गरेको बताइएकोछ ।
अर्काे विकल्प संकटकाल लगाएर संविधान जारी गर्नुपर्नेथियो । तर संकटकाल लगाउने कारकतत्वहरु नदेखिएकोले त्यसमा दलहरु सफल हुन सकेनन् ।
अन्ततः नयाँ जनादेशमा जाने निर्णय गरिएकोछ ।  स्रोतका भनाईमा यसअघि भएका बैठकमा जनजाति, मधेसी प्रतिनीधिहरुले लचकता प्रदर्शन गरेकाथिए । जसरी पनि संविधान जारी गर्ने कुरा थियो । तर त्यसो नगरि यो प्रस्ताव आएकोछ । यद्यपि अझै १ घण्टा बाँकी छ । मन्त्रीपरिषद बैठक चलिरहेकोछ । त्यसमा केहि चमत्कार हुने हो कि होइन त्यो भने हेर्न बाँकी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %