आखिर मारियो संविधानसभा

Read Time:3 Minute, 3 Second

अन्ततः जननिर्वाचित संविधानसभालाई पानी नख्वाइकनै मारियो । अहिलेसम्मकै बढी समावेशी र सबैको प्रतिनीधित्व रहेको संविधानसभाले उत्पिीडितहरुको बारेमा अग्रगामी निर्ण यगर्दे गएपछि त्यसबाट आत्तिएका प्रमुख दलका नेताहरुले मध्यरातमा त्यसको हत्या गरे ।
संविधानसभाबाट संविधान जारी गरे त्यसको जस समावेशी त्यहि संविधानसभाले लैजान्छ भनि यस्तो षड्यन्त्र गरिएको हुनसक्छ  । दलका शीर्ष नेताहरु संविधानसभा देखि कुन विध्न असन्तुष्टि रहेछन् भन्ने यथार्थ अन्तिम समयमा खुलेकोछ । अन्तिम बैठक नै नबसालीकन संविधानसभा मरेकोछ ।
आफ्नो जातीय सत्ता डगमगाएपछि र त्यसको दुश्मन संविधानसभालाई ठान्दै आइरहेका दलका नेताहरुले उहिल्यै देखि षड्यन्त्र गर्दे आइरहेकाथिए ।
पछिल्लो समय जनजाति र मधेसी एक भई जातीय संघीयतामा जान दवाव दिएपछि ठालु नेताहरु झन डराएकाथिए । यदि जनजाति आन्दोलन नआएकोभए उनीहरु ११ प्रदेशमा अन्तिम सहमति गरेर संविधान जारी गर्ने मनस्थितिमा पुगेर त्यो तयारी समेत गरेकाथिए ।
तर अन्तिम समयमा त्यस्तो नाम विनाको संघीयता मान्य नहुने भन्दै देशभरबाट उत्पीडित जनता सडकमा निक्लेपछि पुरानो सत्ताको जग नै हल्लिएकोथियो । त्यसपछि शुरु भएको षड्यन्त्रको तानाबुना झन घना भएकोथियो ।
केहि विवादित विषयलाई थाँती राखेर संविधान जारी गर्न सकिने अवस्था छँदाछँदै पनि त्यसमा सहमति हुन नसकेका दलहरुले आखिर आफ्ना कुत्सित बुटले कुल्ची कुल्ची संविधानसभाको हत्या गरेकाछन् । यसरी हत्या गर्नेमा सबैभन्दा ठूलो रोल ३ प्रमुख दलको छ भने त्यसपछि मधेसी मोर्चाले त्यसको जिम्मा लिनुपर्छ । सभासदहरुलाई काम गर्न नदिने नै दलका नेताहरु थिए। अब मंसीर ७ गते नयाँ जनादेश लिएर संविधान लेख्ने प्रस्ताव त आएकोछ तर त्यो आँउछ कि आँउदैन भन्ने द्धिविद्धा छ । भएकैबाट काम गर्न नसक्नेले नयाँबाट के गर्लान ्भन्ने प्रश्न स्वाभाविक छ । संविधानसभाको मृत्युमा एकजातीय सत्ताका टाउकेहरु त अट्टहास गरिरहेकाछन् तर उत्त्डिित बहुसंख्यकहरुलाई भने यसले ठूलो क्षति पुरयाएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %