अधिकार सहितको संविधान नआए आन्दोलन

Read Time:3 Minute, 51 Second

आदिवासी जनजातिको अधिकार सहितको संविधान जारी नभए कास्कीका आदिवासी जनजातिले अनिश्चितकालिन आन्दोलन गर्ने भएका छन । संविधान जारी गर्नुपर्ने अन्तिम दिन जेठ १४ गते नेपाल आदिवासी जनजाति महासंघ कास्की र तमुवान संर्घष्ा समिती कास्कीले पोखरामा आयोजना गरेको खवरदारी कार्यक्रमका वक्ताहरुले यस्तो घोषणा गरेका हुन ।

कार्यक्रममा तमुवान संर्घष्ा समिति कास्कीका अध्यक्ष देविराज तमुले आदिवासी जनजातिको अधिकार सम्पन्न संविधान आजै जारी नभए जेठ १५ गतेदेखि आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने बताए । उनले पहिचान सहित तमुवान स्थापित भए विजय र्याली र तमुवान स्थापित नभएर युद्धका लागि तयार रहन आदिवासी जनसमुदायलाई आग्रह गरे ।

नेपाल लोकतान्त्रिक तमु संघका गिरीप्रसाद तमुले नयाँ संविधानमा आदिवासी जनजाति सहित उत्पिडित जनसमुदायको अधिकार विरुद्ध षडयन्त्र भइरहेकाले त्यसका विरुद्ध आम आदिवासी जुट्न आग्रह गर्दै नौ बु्ँदे सहमति अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । तमु राष्ट्रिय मुक्तिमोर्चा कास्कीका अध्यक्ष धर्मबहादुर तमुले आज जारी हुने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्ने र हिन्दु एकल राज्यको अन्त्यका लागि सबैको एकता आवाश्यक रहेको बताए  ।

नेपाल तमु संघका भिमकाजी तमुले संविधान जारी नभए आदिवासी जनजातिको आन्दोलनले प्रतिगामी यथास्थितीवादीलाई बढारेर बताए । तमुले राजनितक दलका नेताहरुलाइ आदिवासी जनजातिको आवाश्यकता छ कि छैन प्रश्न गरे ।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर र्घर्तीको अध्यतामा भएको कोणसभामा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका मिना पुन मगर, आदिवासी जनजाति महासंघ एकिकृतका केन्द्रिय उपाध्यक्ष भिमबहादुर श्रीस, तमुवान युथ भोलिन्टियर्स कास्कीका सदस्य सचिव केवी तमु, ङ्योए तमु धिंका सचिव मनबहादुर तमु, राष्ट्रिय उच्च माविका मनबहादुर तमु लगायतले अधिकार सुनिश्चित भएको संविधान नआए आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

जेठ १४ मा जनताको संविधान जारी गर्नुपर्ने, संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नुपर्ने,  आदिवासी जनजातिसंग भएको ९ बुदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने, जातिय पहिचान सुनिश्चित गर, संविधान दिएनौ सभासद खाएको भत्ता फिर्ता गर लगायतका नारा लगाउदै तमु धि नेपालको कार्यालय नयाँबजारबाट सुरु भएको र्‍याली नयाँबजार, लखनचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा हुदै भिमसेन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %