अधिकार सहितको संविधान आए विजयसभा नत्र संर्घष

Read Time:2 Minute, 27 Second

केही घण्टा भित्र संविधानसभाको म्याद समाप्त हुँदैछ । जेठ १४ गते राती १२ भित्र संविधान जारी हुने नहुने विषयमा नेपाली जनता मात्रै होइन प्रमुख दलका प्रमुख नेताहरु समेत अनिश्चित छन् ।  

प्रधानमन्त्री निवास दलका नेताहरुले भरिभराउ भईरहेका बेला नयाँबानेश्वरस्थित संविधानसभा भवन भने अधिकार खोज्ने विभिन्न समूहको जुलुसले घेरिएका छन् । ३८ प्रतिशत जनसंख्या भएका आदिवासी जनजातिहरु जातीय पहिचान सहितको संविधान बने विजय जुलुस निकाल्ने र नबने संर्घष्का कार्यक्रम घोषणा गर्ने तयारीमा छन् ।

आदिवासी जनजाति संयुक्त संर्घष् समितिका संयोजक परशुराम तामाङ राती १२ बजेसम्म विजय जुलुस र विरोधसभा दुबैका लागि तयार भएर जनजातिहरु आएको बताउँछन् । जनजातिहरुले आजपनि नाका नाका घेराउका लागि जातजातिलाई जिम्मेवारी छुट्याएको छ ।
 
राष्ट्रिय जनमुक्ति पार्टी प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामी जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र पहिचान विनाको संघीयता अस्विकार्य हुने बताउँछन् । बानेश्वरस्थित धर्नास्थलबाट अस्लामीले राज्यसत्ता डटकमलाई भने कि अधिकार लिएर गइन्छ नत्र विरोधका कार्यक्रम घोषणा गछौं ।

एमाओवादी, मधेशी मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र्संघीय लोकतान्त्रिम राष्ट्रिय मन्च, नेवा राष्ट्रिय पार्टरी लगायतका पार्टी पहिचान सहितको संघीयताको पक्षमा छन् भने काँग्रेस र एमालेले पहिचान सहितको संघीयताले आदिवासी जनजाति, दलित, मधेशीलाई अधिकार सम्पन्न गराउने तर वाहुन क्षेत्रीको अधिकार खोसिने निश्कर्षामा छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %