जहाँका वन रक्षक आफै भक्षक छन्

Read Time:4 Minute, 29 Second

रुपन्देहीको केरवानी-७ अवस्थित सृष्टी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा अवैधरुपमा काठ कटान गरिएको खुलासा भएको छ । शुक्रवार राती करिव १० बजेको समयमा सामुदायिक वनको वीच क्षेत्रबाट लु १ त ९८९९ नम्वरको ट्रयाक्टर १सय ५६ क्यूफिट काठ सहित उपभोक्ताले वडा प्रहरी कार्यालय रामनगरको सहयोगमा नियन्त्रणमा लिए पछि उक्त कुरा खुलासा भएको हो ।  अवैध रुपमा वन फडानी कार्य भैरहँदा समेतर् इलाका वन कार्यलय शितलनगरले भने कुनै वास्ता नगरेको हुँदा उनीहरुको पनि संलग्नता हुन सक्ने स्थानियवासीको आरोप रहेको छ ।

सृष्टी सामुदायिक वनका कार्यसमितिका सदस्य विष्णु ज्ञवालीले भने  अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलेमतोमा समितिका अन्य सदस्यलाई जानकारी नदिई काठ काट्ने र बिक्रि गर्ने कार्य हुदै आएको बताउँछन् ।  सामुदायिक वनको हिसाव पारदर्शी हुनु पर्ने र वन पैदावार उपभोक्तामाझ वितरण गर्नु पर्ने  कुरा उठाए पनि समितिका सदस्यहरुलाई थाहा नै नदिई यस्ता अवैध कार्य भएको ज्ञवालीको भनाई रहेको छ  ।

पर्ूव कार्यसमितिका सचिव तथा उपभोक्ता अमर पोखरेल भने वन कार्यालयको स्विकृति र आम उपभोक्ता भेलाको निर्ण्य विना कुनै पनि काम गर्न नसकिने अवस्थामा पैसा कमाउनको निम्ती कार्यसमितिका केही पदाधिकारीले अवैध काठ काटेर सःमिललाई विक्रि गरेको बताए  ।  कार्यसमिति सदस्य लक्ष्मी लुइटेलले काठ ट्रयाक्टरमा लोड गरेपछि अग्निपिडितलाई दिन भनी आफूहरुलाई भन्न आएको र रातीको समयमा वन पैदावर निकासीको कार्यमा विरोध जनाएपछि अवैध काठ कटान र्सार्वजनिक भएको उल्लेख गरे । कार्य समितिको निर्ण्रय भन्दा पनि एक जनाको दवावमा अवैध काठ कटान गर्ने काम हुने गरेको लुइटेलले खुलासा गर्नु भयो । यसरी अवैध रुपमा काठ कटानी भईरहदा पनि निगरानी गर्न नसकिएकोर् इलाका वन कार्यालय शितलनगरका अधिकृत वसन्त वावु श्रेष्ठले बताए ।

सामुदायिक वन ठेकेदार र समितिका पदाधिकारीको मात्र वन्दै गएकाले वास्तविक नागरिकको सामुदायिक वन वन्न नसकेको अधिकृत श्रेष्ठले स्वीकार गर्दै चोरी निकासीमा संलग्नलाई वन ऐन र नियमावली अनुसार कडा भन्दा कडा कार्वाही प्रकृयामा लैजाने बताए । सामुदायिक वनका अध्यक्ष मन बहादुर थापाले भने अग्नि पिडितलाई सहयोग गर्न काठ कटान गरिए पनि सहमति नजुर्टाई काम गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

सामुदायिक वनका उपभोक्ताहरुले भने आफूहरुलाई जंगल भित्र पस्न प्रतिवन्ध लगाउने तर कार्यसमितिका पदाधिकारी र वन कर्मचारीको मिलोमतोमा रातारात काठ कटान गर्ने कार्य भईरहेको हुदा निष्पक्ष छानवीनको लागि सम्वन्धीत निकाय संग माग गरेका छन् । देवदह क्षेत्रमा भएका अत्याधिक वन फडानीमा वन कर्मचारीको समेत मिलोमतो रहेको स्थानीयवासीले आरोप लगाउदै आएका छन् । त्यस्तो जनगुनासो उठीरहँदा समेत कार्वाहीको प्रक्रिया फितलो भएको कारण चोरी निकासी बढ्दो रहेको स्थानीवासीको भनाई रहेको छ ।

गोविन्द र्घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %