एकल पहिचानको विकल्प छैन-मोहन वैद्य

Read Time:2 Minute, 4 Second

एनेकपा -माओवादी) वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले एकल पहिचानसहितको जातीय राज्यको विकल्प नभएको बताएका छन् । नेपाल जनसांस्कृतिक महासङ्घ र क्रान्तिकारी पत्रकार सङ्घद्वाराले जेठ १३ गते स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै नेता वैद्यले राज्यपुनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेशको मुद्दाबाट आफ्नो पार्टी पछि नहट्ने धारणा राखे । १४ प्रदेशको प्रस्तावमा आदिवासी जनजाति लगायतका विभिन्न समूहले पनि र्समर्थन गर्दै आएका छन् ।

उनले जनजाति, पिछडिएका वर्ग, महिला, दलित, मधेसी, मुस्लिम, भोटे शेर्पा, भोटेहिमालीलगायतको हकअधिकार नयाँ संविधानमा सुनिश्चित नगराउनु मुलुककै लागि दुभार्ग्यपूर्ण भएको धारणा राखे । देश र जनतालाई मुक्ति दिने सवालमा नेताहरुले जनतालाई धोका दिन खोजेको आरोप लगाउँदै लोकतन्त्रवादी भन्नेहरुले लोकतन्त्रदेखि तर्सेर नयाँ संविधान जारी गर्न ढिलाइ गरिरहेको उनको भनाई थियो ।

कार्यक्रमा माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द,  क्रान्तिकारी पत्रकार सङ्घ नेपालका अध्यक्ष महेश्वर दाहाल, सहिद कृष्णसेन इच्छुककी श्रीमती तक्मा केसी, इश्वरचन्द्र ज्ञवाली नारायण शर्मा, डा ताराकान्त पाण्डे र विभूति भट्टर्राई लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %