‘जनजातिलाई दमन गर्न खाजे व्यारेकमा बन्धक हुन्छ’

Read Time:4 Minute, 30 Second

जातीय पहिचान सहित संघीयता हुनुपर्ने मागसहित आन्दोलित आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल र नेपाल सरकारबीच भएको नौ बुँदे सहमति कार्यन्वयन हुनुपर्नेमा कास्कीका आदिवासी जनजाति अगुवाहरुले जोड दिएका छन । तीनदिने आमहड्तालपछि भएको सहमतिको स्वागत गर्दै तमुवान संघर्ष समिति कास्की र नेपाल आदिवासी जनजाति महासंघद्धारा पोखरामा आयोजित आमसभाका वक्ताहरुले सहमति कार्यन्वयन गरिनुपर्नेमा जोड दिएका हुन ।  

सम्पुर्ण आदिवासी जनजातिहरु एक होऔं! जातीय पहिचान सहितको तमुवान स्थापना गरौं !! भन्ने नाराका साथ चिप्लेढुंगामा आयोजित सभामा तमु धिँ नेपालका अध्यक्ष तथा तमुवान संघर्ष समितिका केन्द्रिय संयन्त्र सदस्य कर्म तमुले नौ बुँदे सहमति कार्यन्वयन नहुाजेल आन्दोलित रहन आग्रह गर्दै तमुवान स्थापना नभए अधिकार समेत सुनिश्चित नहुने बताए । आम हडतालको क्रममा भएको प्रहरी दमनको विषयमा भने नेताहरुले कडा आपत्ति जनाएका थिए ।

नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रिय उपाध्यक्ष गणेशमान तमुले नौ बुँदे सहमति सरकारले इमान्दारीका साथ कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । तमु राष्ट्रिय मुक्ति मोर्चाका तमुवान संयोजक जितबहादुर तमुले जातीय पहिचान सहितको संघीय तमुवान सबैको अपनत्व अनुभूति गर्ने प्रदेश हुने भन्दै  अधिकारका लागि आन्दोलित भिसी र वीरचक्र प्राप्त गरेका आदिवासी जनजातिलाइ दमन गर्न खोजे नेपालको सुरक्षाकर्मी व्यारेक भित्रै बन्धक हुनुपर्ने चेतावनी दिए ।

यसैगरी नेपाल आदिवासी जनजाति संघका केन्द्रिय सदस्य लछुकुमार तमुले आदिवासी जनजातिले दवाव नदिए मंगलवार राती भएको सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरे । लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध तमुले आफ्नो पार्टीले आदिवासी जनजातिको भावना नवुझी कारवाहीको धम्की दिनुको कुनै अर्थ नरहने बताए  ।

तमुवान संघर्ष समिति कास्कीका अध्यक्ष देविराज तमुको अध्यक्षतामा सम्पन्न सभामा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, सचिव पुर्ण ह्योल्मो, तामांग घेदुंग कास्कीका अध्यक्ष दीपक तामांग, तमु ह्युला छोंज िधंका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर तमु, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, किराँत सेवा समाज कास्कीका अध्यक्ष गणेश देवान, तमुवान युथ भोलिन्टियस्र कास्कीका संयोजक कृष्णकुमार तमु लगायतले आदिवासी जनजातिसँग गरिएको नौ बुँदे सहमतिको अक्षरस पालना हुनुपर्नेमा जोड  दिएका थिए ।

जिफानका कलाकार मनोज तमु राज तमु माया तमु यांग्जाकोट तमु समाजका प्रेमबहादुर तमु दुरा सेवा समाज कास्कीका अध्यक्ष तथा सँस्कृतिकर्मी वुद्धिमान  दुरा धम्पु लगायतले समसामयिक गीत प्रस्तुत गरेका थिए । सभामा सहभागी हुन पोखराको अमरिसंह चोक लखनथापा चोक तमु ह्युलाचोक सितलादेवि बगरबाट मौलिक पोशाक र बाजागाजा सहित विभिन्न नारा लगाउदै चिप्लेढुंगामा पुगी सभामा परिणत भएको थियो ।  
हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %