नव आदिवासीहरुसंग केहि गन्थन मन्थन

Read Time:10 Minute, 27 Second

 मेकबहादुर पुन मगर

आदिवासी जनजाति महासंघले आव्हान गरेको नेपाल बन्दमा सञ्चारको माध्यमहरुमा आक्रमण भयो । पत्रकारका मोटरसाईकल, भ्यान, क्यामराहरु तोडिएको छ । राजधानी लगायत प्रमुख शहर मात्र होइन भित्रभित्रको गल्लीहरु पनि सबै बन्द छ । आदिवासी जनजातिको आन्दोलन पुर्व अखण्डको नाममा– ब्राम्हण क्षेत्री, दशनामी समाजले सुदुरपश्चिममा १९ दिने आन्दोलन गरेका थिए । त्यही हाराहारीमा त्यसै गरि थारुहटले पहिचान सहितको संघीयताको माग गर्दै सुदुरपश्चिममा नै आन्दोलन गरेका थिए । थारुहरुको आन्दोलनमा पुलिसले आक्रमण गरि कयौं आन्दोलनकारीहरु घाइते बनाए । राज्यले उनीहरुलाई दमन गर्ने प्रयास गर्यो । तर सञ्चार माध्यमहरुमा यसप्रकारको कुनै समाचार आएन । किन ? आदिवासी जनजातिहरुले आन्दोलन किन गरिराखेका छन् के पत्रकारहरुले समस्याको जड खोज्ने प्रयास गरेका छन् रु सबैले थाहा पाएर पनि थाहा नपाए झैं गरेका छन् । आदिवासी जनजातिले पहिचानको आन्दोलन गरेका हुन् । यो देशमा हाम्रो पनि पहिचान कायम हुनु पर्यो, हामीले पनि अधिकार पाउनु पर्यो भनेर पहिचान र अधिकारको आन्दोलन गर्दा राज्यले दमन गरिरहँदा देशमा प्रकाशित हुने तमाम पत्रिकाहरुको कलम चलेको खोई रु ०६२–०६३ सालको आन्दोलन संघीयताको लागि पनि थियो । अहिले संघीयताको विपक्षमा लागेकाहरुलाई बिशेष प्राथमिकता साथ दिनदिनै अन्तरवार्ता लिइन्छ-प्रशारण गरिन्छ । के पत्रिका, टेलिभिजन, एफएमका माध्यमहरु सबै संघीयताको विरोध हुन् ? आदिवासी जनजाति संयुक्त वार्ता टोली र सरकारको बीच वार्ता हुँदा नेपाली कांग्रेस र एमाले संघीयता दिने पक्षमा नरहेको समाचार छ । यसर्थ पनि नेपाली कांग्रेसमा लागेका थारुहटका सुदुरपश्चिम क्षेत्रका २ सय जनाले पार्टी अध्यक्षलाई राजीनामा बुझाएका छन् । उनीहरुले बुझे होलान् नेका उनीहरुको पहिचान सहितको आन्दोलनमा बाधक छ भनेर यसैले पार्टीबाट राजीनामा दिएर पहिचान सहितको संघीयतामा आन्दोलनरत रहेको समाचार छ ।
हामी कुनै पार्टी, कुनै जाति र कुनै धर्मका होइनौं भनेर कुर्लने पत्रकार सबै कुनै पार्टी र नब्बे प्रतिशत पत्रकार उच्च जातिसँग सम्बन्ध छन् । उनीहरुले हामी निष्पक्ष छौं भन्नु थारुहट आन्दोलनको समाचार नआउँदा नै थाहा हुन्छ– उनीहरु कति निष्पक्ष रुपमा पत्रिका प्रकाशन गर्छन् भनेर । यस देशमा अहिले सबै भन्दा ठूलो पार्टी बनेको एनेकपा माओवादी अहिले प्रमुख रुपमा सत्तामा छ । हिजो पहाडका ती डाँडा डाँडा डुल्दा गरेका वाचाहरु उनीहरुलाई पुरा गर्नु पर्दैन ? यही पार्टीबाट भट्टराई प्रधानमन्त्री भएका छन्– अहिले उनैले बाहुन क्षेत्रीलाई जनजाति बनाएर जनजातिको परिचय नै परिवर्तन गरिदिएका छन् । यही पार्टीबाट अहिले शान्ति मन्त्री बनेका टोपबहादुर रायमाझीले शहादत भएका ती सबैलाई बिर्सिसकेका छन् । हिजो पहाडको गोठ गोठमा बसेर चिउरा खाँदा तपाईको दाजुभाईले तपाईलाई कति साथ दिएका थिए र ? तपाईहरुलाई सत्तामा पु-याएको तपाईको दाजु भाईले हो र ? तपाईहरुको राजनैतिक धरातल यतिसम्म हो ?
यो देश पहिला राजा र राणाहरुले संचालन गरेकै हो । अहिले बाहुन र क्षेत्रीहरुले नै राज्य गरि आईरहेका छन् । सरकारी उच्च पदस्थ व्यक्तिहरु प्राय सबै बाहुन र क्षेत्रीहरु नै छन् । अनि हामी किन नभन्ने यो देश तपाईहरुले संचालन गरेको हो भनेर l तपाईहरुले संचालन गरेका देश असक्षम भईरहेको कुरा तपाईहरुलाई पनि रामै्रसँग थाहा होला । यसर्थ फरक तरिकाले संचालन गर्न आजको आवश्यकता हो । ०६२–०६३ सालको आन्दोलनले संघीयतामा जाने भनेर म्यानडेड दिएकै छ । तर किन फेरि केन्द्रीकृत शासनकै पक्षमा तपाईहरु हुनुहुन्छ रु किन फेरि अखण्डको नाममा राम्रो राम्रो नारा राखेर भ्रम फैलाउन खोज्दै हुनुहुन्छ । तपाई आफुहरुले हाम्रो इतिहास नेपालमा ९ सय वर्षको हो भनेर लेखेकै हो । अब अहिले बाहुन क्षेत्री पनि जनजाति हो भनेर १ दिनको के आन्दोलन घोषणा भएको थियो– सरकारमा भएका उनीहरुकै सहोदर दाजुभाईहरुले वार्तामा बोलाएर जनजाति हो भनेर आफ्नो माग पुरा गराई हाले । आदिवासीले गरेको वर्षौसम्मको आन्दोलनको उनीहरुलाई कुनै महत्व भएन आफ्नो दाजुभाईले घोषणा गरेको आन्दोलनको १ दिन नबित्दै उनीहरुलाई जनजाति बनाउने ?
अचम्म छ, के यिनीहरुलाई आदिवासी जनजातिको अन्तराष्ट्रिय नियम लाग्दैन । नेपालमा बसेका आदिवासी जनजातिले के आफैले आफैलाई हामी आदिवासी जनजाति हौं भनेर घोषणा गरेका हुन् र ? अन्तराष्ट्रिय रुपमा आदिवासी जनजाति हुनको लागि नियम बनाईएको छ । यो प्रावधान पुरा गरे त सरकारले किन घोषणा गर्नु पर्छ– बाहुन क्षेत्री पनि आदिवासी जनजाति हुन् भनेर अन्तराष्ट्रिय रुपमा नै तपाईहरु पनि आदिवासी जनजाति भयौं भनेर अन्तराष्ट्रियकरण गरिहाल्छ नि बाहुन क्षेत्रीले के यसरी दुनियाँ हँसाएका हुन् । आफैले आफैलाई नेपालमा आएको ९ सय वर्ष भो पनि भनेर पनि लेख्ने अहिले फेरि हामी जनजाति हौं भनेर आफै आफै वार्ता गरेर घोषणा पनि गर्ने ?
नेपालको तर्फबाट प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई युएनको अन्तराष्ट्रिय सम्मेलनमा जाँदा नेपालमा जनजाति नै छैनन् भनेको हिजै हो, पछि वाक्य सुधार गर्दै ५ हजार जति छन् भनेर फर्केको पनि धेरै समय भएको छैन । आज उनै कृष्णप्रसाद भट्टराईको दाजुभाईले आफैलाई हामी जनजाति हौं भनेर घोषणा गर्छन् । होइन हिजो आदिवासी जनजाति नै छैनन् भन्ने जातिले जनजाति भित्र के देखें हौं अनि आफैंले आफैलाई जनजाति हौं भनेर घोषणा गर्न भ्याए । आदिवासी जनजातिले अधिकारको लडाई लडिरहँदा उनीहरुलाई अधिकार चाहिं नदिने, बरु आन्दोलन दबाउने अहिले झन आफै–आफै मिलेर हामी पनि जनजाति भयौं भनेर घोषणा गर्ने ? होइन विश्वमा बसोबास गर्ने मान्छेहरुलाई के सारो अबुझ ठान्न खोजेका हुन् यी उच्च जाति भनाउदाहरुले । विश्वका आदिवासी जनजातिलाई नेपालमा झैं थिचोमिचोमा पारिराख्नको लागि तपाईहरुले चलेको यो नयाँ चालको सलाम गर्नै पर्छ । यसर्थ भर्खरै एक दिने आन्दोलन गरेर जनजाति बनेका बाहुन क्षेत्रीले त झन यो आदिवासी जनजातिको आन्दोलनमा भरपुर साथ देला भन्दा झन आन्दोलनमा लागेका आन्दोलनकारीहरुलाई पत्रिकाको आड लिएर उही तपाईहरुको पुरानो प्रवृति देखाउँदै जिस्काउने, समाचार सम्प्रेषणमा आफैले बञ्देज लगाउन थालेपछि स्वभाविक रुपमा सञ्चार माध्यम माथि आक्रमण भयो । यसो हुनमा वर्षौ देखिको दमनकै कारण पनि हो ।
जब दमनले सिमा नाघ्छ, वैज्ञानिक नियम नै हो– त्यहाँ विष्फोट हुन्छ ।

यो आदिवासी जनजातिको सहनशिलताको रुपले मात्र गर्दा हो त्यति विघ्न बिग्रिएको केही छैन । आदिवासी जनजातिको पहिचान सहितको संघीयताको पक्षमा वकालत गरौं । नेपाल हामी सबैको हो भन्ने कुरा आदिवासी जनजातिलाई पनि राम्रैसँग थाहा छ, तर पहिचान र अधिकार नपाउँदाको लोकतन्त्रको आयु पनि त लामो हुँदैन । यसर्थ लोकतन्त्रमा सबैले समान अवसर र समान हक प्राप्त गरि बाँच्न पाउनु पर्छ भन्ने माग त नाजायज छैन होला नि । यसर्थ दिगो लोकतन्त्रको लागि आदिवासी जनजातिको मागको समर्थनमा सबैले आवाज बुलन्द गरौं । अखण्डको नाममा संघीयता विरोधहरुको कुरा नआओस् । पत्रिका, टेलिभिजन र एफएम माध्यमहरुमा हाम्रो आवाज हामीले भने जस्तै गरि आओस् । संघीयताको पक्षमा आओस् । जय आदिवासी जनजाति ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %