शान्तिपूर्ण बन्दको क्रममा प्रहरीद्वारा दुई पक्राउ

Read Time:1 Minute, 44 Second

नॆपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिको आह्वनमा गरिएको नेपाल बन्दको तेस्रो दिन पोखरा लगायत देशैभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको प्रभाव पोखरामा पुर्णरुपले परेको छ । जेठ ९ गते बन्द शान्तिपूर्ण  नै रहे पनि पोखराको सिर्जनाचोकमा भन्ो राप्रपा पक्षधरका माधब बरालले आन्दोलनकारीलाई पक्राउनु भनेर प्रहरीलाई भनेपछि आन्दोलनकारीसँग उनको भनाभन भएको थियो । त्यसपछि आन्दोलनकारीले आफुहरुलाई पक्राउन गर्न प्रहरीलाई उक्साएको भन्दै उनलाई कुटपिट गरेका छन ।

यस्तै प्रहरीले आज पोखराको सिर्जनाचोकबाटै दुई जना आन्दोलनकारीहरु इन्द्रबहादुर थापा र सन्तबहादुर गुरुङलाई पक्राउ गरेको छ । उता स्याङ्जाको फेदीखोलामा तमूवान युथ भोलिन्टियस्रका संयोजक सुनिल तमूको नेतृत्वमा व्यापक मात्रमा सरसफाई कार्यक्रम सम्पन्न्ा भएको छ । पोखराको छोरेपाटनमा भने आज पनि बन्दको सदुपयोग गर्दे तमूवान युथ भोलिन्टियस्रका छोरेपाटन संयोजक कुमार तमूको नेतृत्वमा बाटोमा सरसफाई एवं सडकमा जेब्रक्रसिङ गर्ने काम भई रहेको छ । यो समाचार तयार पार्दसम्म पोखराको जनजिवन सामन्य नै रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %