मगरात स्वायत्त प्रदेशका लागि जनप्रदर्शन

Read Time:2 Minute, 7 Second

आदिवासी जनजाति संघर्ष समिति र मगरात संघर्ष समिति पाल्पाको आयोजनामा पाल्पाको तानसेनमा मगरात स्वायत्त प्रदेशको माग गर्दै बृहत प्रदर्शन भएको छ । तानसेन र छिमेकी गाविसबाट दुई हजार बढी आदिवासी जनजाति परम्परागत भेषभूषासहित सहभागिता रहेको थियो । उनीहरुले जातीय पहिचान सहितको प्रदेश नभए आन्दोलन गर्ने चेतवनी दिएका छन् ।

पाल्पालाई राजधानी कायम गर्नुपर्ने र मगरात स्वायत्त प्रदेश कायम हुनुपर्नेमा उनीहरुको जोड थियो । जातीय सद्भाव कायम गर्दै आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउदै उनीहरुले राष्ट्रिय स्वाधीनता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघका बरिष्ट उपाध्यक्ष बसन्त घर्तीमगरले ठूला चार दलका नेताले जातीय पहिचान दिन षडयन्त्र भन्दै अहिले आएको वेनामे र वेवारिसे ११ प्रदेश मान्य नहुने बताए । उहाँले जातीय पहिचान सहितको संघीयता नहुने हो भने सम्पूर्ण आदिवासी जनजातीलाई मान्य नहुने बताए  ।

पहिचान भनको कुनै एक जातिको मात्र नभई सबै जातिको संयुक्त राज्य भएको बताए । कार्यक्रममा गमबहादुर थापा असोक कुमार साही,  संतोश थापा, ओम बहादुर घर्ती, गीरबहादुर थापा, लालकुमारी राना सौन्र्दयवती शाक्य बलबहादुर गाहा असबिर सारु लगायतले जातिय पहिचान सहितको मगरात स्वायक्त प्रदेश हुनुपर्नेमा जोड दिएका थिए ।

देव पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %