बोस्टन  मगर  समाजको अर्न्तक्रिया  कार्यक्रम

Read Time:2 Minute, 4 Second

सबै मगर दाज्यूभाइ दिदीबहिनीहरुमा ,
झोरा , झोर्ले अनि नमस्कार पनि |
पूर्व सूचना बमोजिम यहि  मे महिनाको २७ तारिख आइतबारका  दिन बोस्टनको समयानुआर् बिहान ९ बजे आयोजना गरिने स्काइप भिडियो छलफल कार्यक्रममा निम्न विषय र  समयमा निम्नानुसार वक्ताहरुले बोल्नु हुने निर्णय भएको व्यहोरा जानकारीका  निम्ति अनुरोध छ|
१ ) पहिलो सत्र :  समय – बिहानको   ९:०० – १०.०० सम्म (१ घण्टा)
क ) छलफलको विषय : मगर समुदायमा  हाल देखिन आएको धार्मिक परिवर्तनको प्रवृति : केही चिन्तन केही मन्थन  – २० मिनेट |
ख ) वक्ता : श्री भिक्क्षु  मगर – ब्यांकक , थाइल्याण्ड |    
ग ) प्रश्नोत्तर कार्यक्रम :  ९: ०० – १०:०० सम्म (४० मिनेट) यसमा जिज्ञाशुहरुबाट  छोटो र सटीक प्रश्नहरु राखिने छन र वक्ताहरुले पनि त्यसै अनुरुप उत्तर दिनु हुने छ |
२) दोस्रो सत्र :  समय – बिहानको   १० :०० – ११ :०० सम्म (१ घण्टा)
क) छलफलको विषय :  परिवर्तित परिस्थितिमा मगर जातिको सर्वागिण विकासको चुनौती र अवशरहरु |  ( २० मिनेट)
ख) वक्ता : श्री हुम सुनारी मगर , अध्यक्ष  – नेपाल जनजाति महासंघ साउदी अरेवीया |  
ग) प्रश्नोत्तर कार्यक्रम :  १०:२०  – ११ :०० सम्म (४० मिनेट)
यसमा जिज्ञाशुहरुबाट  छोटो र सटीक प्रश्नहरु राखिने छन र वक्ताहरुले पनि त्यसै अनुरुप उत्तर दिनु हुने छ |
४) भिडियो निर्माण तथा अन्य प्राविधिक व्यवस्थापन राज्यसत्ता अनलाइन  www.rajyasatta.com हंगकंगबाट हुने छ |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %