बन्द सफल पार्न अरुणखोलामा जुलुस

Read Time:1 Minute, 0 Second

११ प्रदेशको खारेजी तथा पहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्ने लगायतका माग राखेर जनजाति संयुक्त ंसंघर्ष समितिद्वारा तीन दिने नेपाल बन्द सफल पार्न नवलपरासीको अरुणखोलामा विशाल जुलुस निकालेका छन् । बाहुनकुनाबाट शुरु भएको जुलुस अरुणखोला बजार परिक्रममा गरेर कोणसभामा परिणत भएको थियो ।

मसाल जुलुसपछिको कोणसभामा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला सचिव तिलबहादुर झेंडी, भगत झेंडी, ओमबहादुर गुरुङ, एकप्रसाद श्रेष्ठ, चन्द्रबहादुर दरै लगायतले  जनजातीहरुले आफ्नो अधिकार जसरी पनि लिएरै छाड्ने बताए । कमल बाकवाल मगरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %